दिगोविकास

नयाँ गभर्नरसँगै नेप्से सुरुवातमा बढे पनि अन्तिममा राताम्मे

काठमाडाैँ। सेयरबजार परिसूचक नेप्से सुरुवातमा बढे पनि अन्तिममा राताम्मे बनेर बन्द भएको छ।  बुधबार नेप्से ६.९३ अंकले घटेर २६७०.५१ अंकमा झरेर बन्द भएको हो। 

नेपाल राष्ट्रबैंकले गभर्नरमा डा. विश्व पौडेल पाएसँगै त्यसको प्रभाव बजारको सुरुवातमा परेको थियो तर अन्तमा भने राताम्मे बनेर बन्द भएको हो। 

आज कुल १० अर्ब ६९ करोडको कारोबार भएको छ भने कारोबारमा आएका १५३ वटा कम्पनीको मूल्य घट्दा ९३ वटा कम्पनीको भने बढेको हो। बढ्नेमा ओम मेघाश्री फर्माको ९.९९ प्रतिशतले मूल्य बढेको हो। घट्नेमा भने आज बाराही हाइड्रो अगाडि छ। यो कम्पनीको सेयर मूल्य ८.२७ प्रतिशतले घटेको हो।

आज कारोबारमा राधी जलविद्युत् कम्पनी भने अगाडि छ। यो कम्पनीको ७१ करोडको कारोबार भएको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत