निर्णयानुसार माग पूरा नभए आंशिक प्राध्यापकले ९ गतेदेखि त्रिचन्द्र बन्द गर्ने
- गाउँ सहर संवाददाता
- ५ जेठ सोमबार, २०८२ | १५:५२:०० मा प्रकाशित
काठमाडाैँ । निर्णयानुसार माग पूरा नभए त्रिभुवन विश्वविद्यालय आंशिक प्राध्यापक संघ त्रिचन्द्र बहुमुखी क्याम्पस इकाईले २०८२ जेष्ठ ९ गतेदेखि त्रिचन्द्र क्याम्पस बन्द गर्ने भएका छन् ।
उसले साेमबार क्याम्पस प्रमुख प्राडा निलम श्रेष्ठ प्रधानलाई विज्ञप्ति बुझाउँदै साे कुरा बताएकाे हाे ।
विज्ञप्तिमा त्रिवि कार्यकारी परिषदकाे २०८१ श्रावण २३ गतेकाे निर्णय कार्यान्वयनकाे थालनी, २०८२ बैशाख महिनासम्मकाे सम्पूर्ण बाँकी पारिश्रमिक उपलब्ध गराइनुपर्ने माग गरिएकाे छ ।
इकाईले यदि साे माग पूरा नभए जेष्ठ ९ गते शुक्रबारदखि सबै सैद्धान्तिक तथा प्रयाेगात्मक कक्षाहरू बहिष्कार गरि क्याम्पस प्रमुख, प्रशासन प्रमुख, लेखा, सहायक क्याम्पस प्रमुखकाे कार्यकक्ष तथा क्याम्पसका सबै विभागहरूमा तालाबन्दी गर्ने बताएकाे छ ।
विज्ञप्तिमा भनिएकाे छ, "यदि माग पूरा नभए जेष्ठ ११ गतेबाट थप सशक्त रूपमा चरणबझ आन्दाेलन गरिने ।"
वर्षाैँदेखि त्रिविका आंशिक प्राध्यापककाे समस्या समाधान हुन नसक्दा याे परिस्थित आएकाे त्रिचन्द्र बहुमुखी क्याम्पस इकाई अध्यक्ष सतिश चन्द्र झा ले गाउँ सहर डटकमलाई बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
प्रतिकृया दिनुहोस