दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
- गाउँ सहर संवाददाता
- १२ श्रावण मंगलबार, २०८३ | ०८:१४:०० मा प्रकाशित
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रूपमा स्थापित चमेलिया नदीमा थप अर्को आयोजना निर्माण हुने भएको छ ।
दार्चुला पावर कम्पनी प्रवर्द्धन रहेको २८ दशमलव ३० मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजना सो नदीमा निर्माण हुन लागेको हो । दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने आयोजना मार्मा गाउँपालिकामा अवस्थित छ ।
नदी प्रवाहमा आधारित परियोजनालाई विद्युत् विकास विभागले २०८१ चैत १३ गते विद्युत् उत्पादन अनुमति पत्र प्रदान गरेको थियो । आयोजनाको सम्पूर्ण संरचना चमेलिया नदीको बायाँ किनारमा रहने गरी प्रस्ताव गरिएको छ ।
सो आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कनका लागि प्रस्ताव भएबमोजिम कृषि, वन तथा पर्यावरण मन्त्रालयले सोमबार सार्वजनिक सूचना सार्वजनिक गरेको छ ।
यसअघि २०८० चैत ७ गते आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तत्कालीन वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको थियो ।
यस्तै, २०८२ पुस २१ मा पूरक वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययनका लागि सहमति प्राप्त भएको थियो । आयोजनाको डिजाइन परिवर्तन एवं संरचना स्थानान्तरणका कारण उत्पन्न हुन सक्ने वातावरणीय प्रभावको मूल्याङ्कन गर्न उक्त अध्ययन गर्न लागिएको सूचनामा उल्लेख छ ।
नेपाल विद्युत् प्राधिकरण र प्रवर्द्धक चमेलिया पावर लिमिटेडबीच २०८० असोज २९ गते विद्युत् खरिद बिक्री सम्झौता भइसकेको छ । यस्तै, २०८२ जेठ २१ गते आयोजानको वित्तीय व्यवस्थापनसमेत भइसकेको छ ।
प्रस्तावित आयोजनास्थल दार्चुला जिल्लाको गोकुलेश्वरबाट करिब ३० किलोमिटर टाढा उत्तर पश्चिमतर्फ अवस्थित छ । आयोजनाको माथिल्लो तटमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजना रहेको छ । यस्तै, तल्लो तटमा ३० मेगावाट क्षमताको चमेलिया खोला जलविद्युत् आयोजना छ ।
उत्पादित बिजुली प्राधिकरणको बलाच सवस्टेशनमा जोडिनेछ । आयोजनाबाट वर्षायाममा ११८ दशमलव ५२ गिगावाट घण्टा र हिउँदमा ६७ दशमलव १०० गिगावाट घण्टा बराबरको ऊर्जा उत्पादन हुनेछ । आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाको कुल लागत रु छ अर्ब २३ करोड ६२ लाख ६७ हजार ३९० रहेको छ ।RSS
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द
- देवानगन्ज–कप्तानगन्ज घटनाः सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आह्वान
- "आफैँ आफ्नो दीपक बन" — गौतम बुद्ध
- त्रिवि प्रश्नपत्र चुहावट, आरोपित पक्राउ, परीक्षा प्रणालीलाई थप सुरक्षित कसरी बनाउने ?
- प्रदेशसभामा सत्ता बाँडफाँटका लागि ओली र प्रचण्डले गरे तीनबुँदे सहमतिमा हस्ताक्षर
- सिँचाइ कार्यालय सर्लाहीका प्रमुखसहित दुई जना घुससहित पक्राउ
- कस्ताे रहला शनिबारीय माैसम ?
- रास्वपाका सांसदहरूले स्वकीय सचिवमा परिवार र आफन्तलाई नियुक्ति निषेध
- नेपाली कांग्रेस संस्थापन इतर पक्षले ताेक्याे राष्ट्रिय भेलाकाे मिति
- कांग्रेसद्वारा ‘ग्रीन रन’को शुभारम्भ, जलवायुप्रति जनचेतना जगाउने प्रयास
प्रतिकृया दिनुहोस