कांग्रेसद्वारा ‘ग्रीन रन’को शुभारम्भ, जलवायुप्रति जनचेतना जगाउने प्रयास
- गाउँ सहर संवाददाता
- ६ श्रावण बुधबार, २०८३ | ०८:४४:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘ग्रीन रन’को शुभारम्भ गरेका छन् । ४४औँ बीपी स्मृति दिवसको अवसरमा आयोजना गरिएको हजारौँ सहभागी ‘ग्रीन रन’को सभापति थापाले शुभारम्भ गरेका हुन् ।
ललितपुरको यूएन पार्कबाट सुरु ‘ग्रीन रन’ ‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने नाराका साथ आयोजना गरिएको कांग्रेसले जनाएको छ ।
दिवसका अवसरमा आयोजित कार्यक्रममा सभापति थापाले क्यानभासमा पेन्टिङ गरेका थिए । सो अवसरमा बिरुवा पनि वितरण गरिएको थियो ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला को ४४औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली कांग्रेसले ग्रीन रन’ आयोजना गरेको छ ।

कांग्रेसको संस्थापनइतर पक्षले प्रज्ञा प्रतिष्ठानमा छुट्टै कार्यक्रम आयोजना गरेको छ ।
कांग्रेसका शीर्ष नेताहरूले बीपीले अघि सारेका लोकतान्त्रिक मूल्य–मान्यता, संविधानवाद, नागरिक स्वतन्त्रता र राष्ट्रिय एकताको भावनालाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनीहरूले बीपीको राजनीतिक दर्शन आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेका छन् ।
प्रत्येक वर्ष साउन ६ गते बीपी कोइरालाको स्मृतिमा विभिन्न कार्यक्रम गरी बीपी स्मृति दिवस मनाइने गरिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देवानगन्ज–कप्तानगन्ज घटनाः सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आह्वान
- "आफैँ आफ्नो दीपक बन" — गौतम बुद्ध
- त्रिवि प्रश्नपत्र चुहावट, आरोपित पक्राउ, परीक्षा प्रणालीलाई थप सुरक्षित कसरी बनाउने ?
- प्रदेशसभामा सत्ता बाँडफाँटका लागि ओली र प्रचण्डले गरे तीनबुँदे सहमतिमा हस्ताक्षर
- सिँचाइ कार्यालय सर्लाहीका प्रमुखसहित दुई जना घुससहित पक्राउ
- कस्ताे रहला शनिबारीय माैसम ?
- रास्वपाका सांसदहरूले स्वकीय सचिवमा परिवार र आफन्तलाई नियुक्ति निषेध
- नेपाली कांग्रेस संस्थापन इतर पक्षले ताेक्याे राष्ट्रिय भेलाकाे मिति
- विहानै भूकम्पको धक्का
- देशभर मनसुनी वायुको प्रभाव यस्ताे छ मौसम पूर्वानुमान
प्रतिकृया दिनुहोस