देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द
- गाउँ सहर संवाददाता
- १२ श्रावण मंगलबार, २०८३ | ०८:०६:०० मा प्रकाशित
काठमाडौं । देशभरका अस्पतालमा मंगलबार आकस्मिक बाहेकका सबै सेवा बन्द हुने भएको छ ।
चिकित्सकहरू आन्दोलित बनेसँगै देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द हुने भएको हो । साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको हातपातको विरोधमा चिकित्सकहरू आन्दोलित भएका हुन्।
नेपाल चिकित्सक संघले उक्त घटनाको विरोधमा अस्पतालमा सेवा बन्द गरिएको विज्ञप्तिमार्फत जनाएको छ । ''चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि राज्यले गरेको दमनको विरोधमा मंगलबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्दछौँ,'' चिकित्सक संघको विज्ञप्तिमा भनिएको छ ।
नारायणी अस्पतालमा बिरामीको मृत्युपछि चिकित्सकमाथि हातपात गर्दा डा. प्रमोद रामको टाउकोमा चोट लागेको छ । उक्त घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गर्दै कारबाही गर्न संघले माग गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस