रामेछाप कांग्रेस एक ढिक्का भएर हाेमियाे चुनावी मैदानमा
- गाउँ सहर संवाददाता
- ७ माघ बुधबार, २०८२ | १०:३२:०० मा प्रकाशित
रामेछाप । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा रामेछापमा नेपाली कांग्रेस एक ढिक्का भएर चुनावी अभियानमा होमिएको छ। नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति रामचन्द्र खड्का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन्।
मनोनयन दर्तापछि मन्थलीको देवकोटा चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै खड्काले राजनीतिक पारदर्शिता, सुशासन र भ्रष्टाचारविरुद्ध संघर्षलाई आफ्नो प्रमुख एजेन्डा बनाउने बताएका छन्। “एक पटक मलाई अवसर दिनुस्, निश्कलंक र पारदर्शी राजनीतिबाट उदाहरणीय काम गरेर देखाउँछु,” उनले भने।
खड्काले आफू गरिब परिवारबाट आएको व्यक्ति भएको उल्लेख गर्दै पैसा खर्च नगरी चुनाव जित्नुपर्ने र भ्रष्टाचार निर्मूल पार्नुपर्ने धारणा राखे। जिते पनि हारे पनि यो अन्तिम पटक मत मागिरहेको बताउँदै उनले देशव्यापी रूपमा भ्रष्टाचारविरुद्ध अभियान चलाउने घोषणा गरे।
जिल्लामा प्रतिस्पर्धी उम्मेदवारहरूमध्ये आफू ज्येष्ठ र अनुभवी भएको दाबी गर्दै उनले कमिसन र अनियमितता विरुद्ध कडा रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे। आफ्नो मात्र नभई नातागोता सम्मको सम्पत्ति छानबिन गर्न तयार रहेको उनको भनाइ थियो।
नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले पनि खड्कालाई समर्थन गर्दै आफूलाई जस्तै मत दिएर जिताइदिन मतदातासँग आग्रह गरे। “मलाई जसरी जिताउनुभयो, त्यसैगरी रामचन्द्र दाइलाई पनि जिताइदिनुहोस्,” उनले भने।
टिकट वितरणपछि पार्टीभित्र असमझदारी नहुने उल्लेख गर्दै सभापति तामाङले रुख चिन्हका उम्मेदवारलाई जिताउनु सबै कांग्रेसजनको दायित्व भएको बताए। आगामी २१ गते बिहानै मतदान केन्द्रमा पुगेर मतदान गर्न उनले आग्रह गरे।
मनोनयन दर्ताका क्रममा पार्टी कार्यालय बीपी स्मृति भवनदेखि अदालत अगाडि सम्म र्याली निकालिएको थियो। कांग्रेस रामेछापले अब पार्टी पूर्ण रूपमा एकताबद्ध भएर निर्वाचनमा लागेको घोषणा गरेको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस