खेल
नेदरल्यान्डलाई जित्न नेपालले २२६ रन बनाउनुपर्ने
- गाउँ सहर संवाददाता
- २१ जेठ बुधबार, २०८२ | १९:४८:०० मा प्रकाशित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको लक्ष्य दिएको छ । अब नेपालले जित्नका लागि २२६ रन बनाउनुपर्ने भएकाे हाे ।
स्कटल्यान्डको फोर्थिल डण्डीमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्स ४९ ओभर १ बलमा २२५ रनमा समेटियो ।
नेदरल्यान्ड्सका लागि नूह क्रोसले सर्वाधिक ४८ रन बनाए । उनले रोएलफ भ्यान डेर मेर्वेसँग आठौं विकेटका लागि ५५ रनको साझेदारी गरे । मेर्वे २० रनमा आउट भए । कप्तान स्कट एडवड्र्सले ४६, विक्रमजीत सिंहले ३८, ज्याक लायन क्याचेटले २७ र तेजा निदामानरुले १३ रनको योगदान दिए ।
बलिङमा नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले दुईदुई विकेट लिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस