पेट्रोल, डिजेल/मट्टितेलकाे मूल्य बढ्यो, हवाई इन्धनको भने घट्याे
- गाउँ सहर संवाददाता
- १७ जेठ शनिबार, २०८२ | २०:२९:०० मा प्रकाशित

काठमाडाैँ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ भने हवाई इन्धनको मूल्य घटाएको छ।
निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले मूल्यवृद्धि गरेको हो।
निगमका अनुसार, भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ ११ पैसा र डिजेलमा १ रुपैयाँ ०९ पैसाले बढेर आएको छ।
नयाँ मूल्यअनुसार अब काठमाडौं, पोखरा र दिपायल (तेस्रो वर्ग) मा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ पुगेको छ।
यसैगरी, निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ। आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँले घटेर नयाँ बिक्री मूल्य ११८ रुपैयाँ कायम भएको छ।
खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस