गाउँ सहर
बाढीले कोशी राजमार्ग बगाएपछि यातायात अवरुद्ध
- गाउँ सहर संवाददाता
- १७ जेठ शनिबार, २०८२ | ०९:२०:०० मा प्रकाशित

धनकुटा । आज बिहान परेको अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड बगाएको छ ।
बाढीले साागुरीगढी गाउँपालिका–६ स्थित फेदीको १०० मिटर सडक बगाएको मूलघाट प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक टङ्क थापाले जानकारी दिए । यातायात सञ्चालनका लागि सडक डिभिजन कार्यालय धनकुटासँग समन्वय भइरहेको थापाले जानकारी दिए ।
सडक अवरोध हुँदा कोशी राजमार्ग र तमोर करिडोर भएर पूर्वी तराईबाट धनकुटा हुँदै भोजपुर, सङ्खुवासभा, ताप्लेजुड, पाँचथर यातायात ठप्प भएको छ । चुरे पहाडको फेदीमा रहेको यस सडकखण्डमा हरेक वर्षको बाढी र पहिरोले अवरोध हुनेगरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नियन्त्रणमा आयो भीमसेनस्थानमा लागेको आगो
- कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
- आज फूलपाती : प्रचलन र महत्वबारे कस्ता कथन छन् ?
- प्रत्येक नेपालीकाे टाउकाेमा ९४ हजार ६५ रुपैयाँ ऋणकाे भारी
- कोशी र बागमती प्रदेशमा भारी वर्षा हुने
- बडा दशैँको छैटौँ दिन, आज कात्यायनीदेवीको पूजा गरिँदै
- एसईई पूरक परीक्षा : ८३ हजार विद्यार्थी उत्तीर्ण
- दशैँ हिले हुने निश्चित : फूलपातीदेखि लगातार पानी पर्ने
- ग्लोबल आईएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजना
- आज सेप्टेम्बर २७ अर्थात् ४६औँ विश्व पर्यटन दिवस मनाइँदै
प्रतिकृया दिनुहोस