शिक्षक महासंघले आन्दोलन थप चर्काउँदै भन्दै गाउँघरमा भएका शिक्षकलाई पनि बोलाइयो
- गाउँ सहर संवाददाता
- १० बैशाख बुधबार, २०८२ | ०६:४८:०० मा प्रकाशित

काठमाडौं । नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन थप चर्काउने भएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनको २१ औं दिनका लागि आन्दोलनको समय परिवर्तन भएको जानकारी गराउँदै गाउँमा भएका साथीलाई काठमाडौं बोलाउन अनुरोध गरेका हुन्।
अध्यक्ष सुवेदीले भनेका छन्, ‘गाउँघरमा रहेका आफ्ना साथीलाई काठमाडौं बोलाउनुहोला ताकि निर्णायक घडीमा आन्दोलनमा समाहित भएको गौरव उहाँहरुलाई पनि प्राप्त होस्।’
त्यसैगरी उनले महासंघले गर्दै आएको काठमाडौं केन्द्रित आन्दोलनको समय हेरफेर गरेको जानकारीसमेत गराएका छन्।
महासंघले बिहान ९ बजेदेखि आन्दोलन गर्दै आएकोमा बुधबारदेखि भने बिहान ११ बजेदेखि सुरु गरेर दिउँसो २ बजेसम्म प्रदर्शन गर्ने जानकारी गराएका हुन्।
विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै महासंघको आह्वानमा देशभरका सामुदायिक विद्यालयका अधिकांश शिक्षक चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्। शिक्षक आन्दोलनकै कारण कक्षा ११ को परीक्षा सरकारले वैशाख २१ गतेदेखि गर्नेगरी सारेको छ।
अध्यक्ष सुवेदीले राष्ट्रिय समितिको मंगलबारको बैठकले आन्दोलनलाई अझ कडा र दरिलो बनाउने निर्णय गरेको जानकारीसमेत गराएका छन्। उनले आजसम्मको प्रदर्शन देखिएको अनुशासन र संयमको सबैले प्रशंसा गरेको भन्दै सदा झैं जुलुशमा सहभागी हुन अनुरोध गरेका छन्।
उनले महासङ्घले निषेध गरेका कुनै पनि काम नगर्न शिक्षकसँग आग्रह गरेका छन्। बुधबारको आन्दोलनमा राष्ट्रिय समितिको मुख्य ब्यानरपछि क्रमशः सुदूरपश्चिम, कर्णाली, लुम्बिनी गण्डकी, बागमती, मधेश र कोशी प्रदेश बस्ने व्यवस्था गरिएको उनको भनाइ छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस