खर्लप्पै घट्याे शेयरबजार, लगानीकर्ताको किन मनोबल खस्कियाे
- गाउँ सहर संवाददाता
- १० बैशाख बुधबार, २०८२ | १५:५४:०० मा प्रकाशित

काठमाडौं । आइतबारदेखि घट्न थालेको नेप्से लगातार चौथो दिन बुधबारसम्म आइपुग्दा ओरालो लागेको छ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३२.३८ अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार यस दिन परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ ।
आज नेप्से परिसूचक २६५५.९४ विन्दुमा बन्द भएको छ । यस दिन सात अर्ब ५७ करोड ८८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । मंगलबार आठ अर्ब ३२ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
नेप्सेका अनुसार आज २८ कम्पनीको सेयर मूल्य बढेको छ । २१७ कम्पनीको सेयर मूल्य घटेको छ । बोटलर्स नेपाल (तराई)को सेयर मूल्य स्थिर छ ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रिस्ट माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
कारोबारमा आएका १३ मध्ये उत्पादन तथा प्रशोधन र म्युचुअल फन्डको परिसूचक बढेको छ । बाँकी सबै समूहको परिसूचक घटेको छ ।
गभर्नर नियुक्तिमा भएको ढिलाई, जारी शिक्षक आन्दोलन तथा निजामती कर्मचारी समेतले आन्दोलनको चेतावनी दिएपछि शेयर लगानीकर्ताको मनोबल थप खस्किएको छ । यस्तै विश्व बैंकले दक्षिण एशिया लगायत नेपालको आर्थिक वृद्धिदर यसअघि गरिएको प्रक्षेपण भन्दा कम रहने प्रतिवेदन सार्वजनिक गरेकाले पनि शेयर बजार प्रभावित हुन पुगेको हो ।
सरकार आगामी आर्थिक बजेट निमार्णको प्रक्रिया रहेको छ । यहि वैशाख १९ गते आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याउने तयारीमा समेत रहेको भएपनि यसले लगानीकर्तामा कुनै सकारात्मक सन्देश दिन सकेको छैन् । बजार सुधारका लागि घोषणा गरिएका कार्यक्रम र उच्चस्तरीय सुझाव समितिले दिएका सुझावहरु समेत कार्यन्वयनमा जान नसक्दा लगानीकर्ता अन्योलमा रहेको देखिन्छ ।
सार्थै बैक तथा वित्तयि संस्थाहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले पनि लगानीकर्तामा निराश छाएको छ । अधिकांशले सार्वजनिक गरेको वित्तीय विवरण कमजोर देखिएपछि त्यसयता बजार घटिरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
प्रतिकृया दिनुहोस