सर्वाेच्चद्वारा तीन दिनभित्र शिक्षकहरूलाई कक्षामा फर्काउने वातावरण बनाउन निर्देशन
- गाउँ सहर संवाददाता
- ११ बैशाख बिहीबार, २०८२ | २०:३०:०० मा प्रकाशित

काठमाडाैँ। सर्वोच्च अदालतले शिक्षक आन्दोलनका कारण देशभरका बालबालिकाको पठनपाठनमा भएको अवरोध तत्काल हटाउन र आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्न अन्तरिम आदेश जारी गरेको छ।
बिहीबार न्यायाधीश डा. नहकुल सुवेदीको एकल इजलासले शिक्षक आन्दोलनले विद्यार्थीको शिक्षाको अधिकार हनन भएको ठहर गर्दै तीन दिनभित्र शिक्षकहरूलाई कक्षामा फर्काउने वातावरण बनाउन निर्देशन दिएको हो।
अदालतले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलगायत विपक्षी निकायहरूलाई आन्दोलनरत शिक्षकका संविधानसम्मत माग सम्बोधन गरी नियमित पठनपाठन सुनिश्चित गर्न आदेश दिएको छ।
साथै, माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा समयमै प्रकाशन गर्न र कक्षा १२ को बोर्ड परीक्षा तोकिएको समयमै सञ्चालन गर्न निर्देशन दिइएको छ।
“आन्दोलनका कारण लाखौं विद्यार्थीको भविष्य अन्योलमा परेको छ। बालबालिकाको शिक्षाको अधिकार आधारभूत मानव अधिकार हो, जसलाई सुनिश्चित गर्नु राज्यको दायित्व हो,” आदेशमा भनिएको छ।
अधिवक्ता श्रवणकुमार चौधरीसहितले दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले शिक्षक आन्दोलनले कक्षा १२ को परीक्षा र एसईई नतिजामा परेको असरप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
प्रतिकृया दिनुहोस