दासप्रथा उन्मूलन गरिएजस्तै भ्रष्टाचार कम गर्ने प्रण गराैँ, २०८२ शुभ बनाेस्
- गाउँ सहर संवाददाता
- १ बैशाख सोमबार, २०८२ | १५:३६:०० मा प्रकाशित

काठमाडौँ । आज बैशाख १ गते । विक्रम सम्वतकाे प्रारम्भ भएकाे दिन अर्थात् नयाँ वर्ष, त्यसमा पनि २०८२ । नयाँ वर्ष हरेक तरिकाले विशेष मानिन्छ तर याे दिन दासप्रथाकाे सन्दर्भमा झनै विशेषपनि छ । हाे यहि दिनकाे एक सय वर्ष पूरा भएको छ ।
नेपालमा दासप्रथा उन्मूलन भएको एक सय वर्ष पूरा भएको छ । तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले १९८२ साल वैशाख १ गतेदेखि देशमा दासप्रथाको उन्मूलन गरेका थिए । चन्द्रशमशेरले १९८१ साल मङ्सिर १४ गते टुँडिखेलमा रहेको खरीको बोटबाट जनताको नाममा सम्बोधन गर्दै दासप्रथा उन्मूलनको घोषणा गरेका थिए । त्यसपछि ऐन बनाएर १९८२ सालको वैशाख १ गतेदेखि कार्यान्वयन गरेका थिए ।
त्यसअघि नेपालमा दासदासीलाई कमाराकमारी अथवा केटाकेटी भन्ने चलन थियो । दासहरूले खेतीपाती, घरधन्दालगायत कामहरू निःशुल्क गर्नुपर्थ्यो । उनीहरूलाई जनावरजस्तै किन्न, बेच्न वा उपहारका रूपमा दिनसमेत सकिन्थ्यो ।
मध्यकालीन नेपालमा सामन्तीवादी कुरीतिका रूपमा यसको विकास भएको थियो । पृथ्वीनारायण शाह, भीमसेन थापादेखि जङ्गबहादुर र भीमशमशेरसम्मले पनि दासत्व मोचनका लागि प्रयास गरे पनि ऐन बनाएर यसलाई निर्मूल गर्ने बहादुरी भने चन्द्रशमशेरले देखाएका थिए ।
दासदासीलाई मुक्त गर्न सरकारले पशुपतिनाथको गुठीबाट ३६ लाख ७० हजार रुपैयाँ झिकेर मालिकहरूलाई तिरेको थियो ।
न्युयोर्क टाइम्सले नेपालमा दासप्रथा उन्मूलन भएको समाचारलाई प्राथमिकताका साथ छापेर सम्पादकीयसमेत लेखेको थियो । न्युयोर्क टाइम्सको समाचार अनुसार मुक्त भएका ५९ हजार ८ सय ७२ मध्ये ५१ हजार ७ सय ८२ जनालाई प्रतिव्यक्ति औसतमा ७० रुपैयाँ तिरेको उल्लेख छ । ४ हजार ६ सय ५१ जना दासलाई मालिकले विना क्षतिपूर्ति मुक्त गरेका थिए भने १ सय १४ जना दासले भने आफ्नो मोल आफैँ तिरेका थिए ।
बेलायत भ्रमणबाट फर्केपछि चन्द्रशमशेरको धारणा फेरिएको र विदेशमा नेपालको प्रतिष्ठा राख्न दास उन्मूलनको घोषणा गरेको मानिन्छ ।
तर अहिले नव शासकहरू सामाजिक सञ्जालमा भाइरल हुन चाहिँ भ्याइनभ्याइमा छन, देशकाे लागि नविन कार्य गर्न पछि परेका छन् । विधिवत् दासप्रथाकाे उन्मुलन जस्तै भ्रष्टाचार न्यून गर्दै उन्मुलन बनाउन सकिएमात्र नयाँ वर्षहरूलाई न्याय मिल्न सक्छ । र हजाराैँ वर्षसम्म गुणगाण गाउने अवस्था आउँछ । नत्र अघाेषित दास मानसिकता र कार्य यथावत चलिरहन्छ ।
नयाँ वर्ष २०८२ काे शुभकामना । प्रण गराैँ, सकारात्मक बनाैँ, राम्राे गराैँ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
प्रतिकृया दिनुहोस