मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार गयाे
- गाउँ सहर संवाददाता
- २० चैत बुधबार, २०८१ | १३:२६:०० मा प्रकाशित
काठमाडाैँ। मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार प्रस्थान गरेको छ । भूकम्पका कारण भएको धनजनको क्षति पश्चात् नेपाल सरकारको निर्णयबमोजिम मेडिकल राहतसहित नेपाली सेनाको टोली आज म्यानमार प्रस्थान गरेको हो।
प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बर सहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको CN-235 CASA विमानद्वारा म्यानमार प्रस्थान गरेको हो ।
विभिन्न प्रकृतिका आवश्यक औषधि एवं ईक्युप्मेन्टहरु सहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरु संलग्न रहेका छन् ।
उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिने नेपाली सेनाले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस