स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक
- गाउँ सहर संवाददाता
- ३ चैत आइतबार, २०८१ | १३:५२:०० मा प्रकाशित
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ । कार्यदलले गएको पुस ९ मा बुझाएको प्रतिवेदनमा बुझाएको प्रतिवेदन दुई महिनापछि आज (आइतबार) सार्वजनिक गरेको हो ।
प्रतिवेदनमा सार्वजनिक सेवा प्राप्तिका लागि अनिवार्य स्वास्थ्य बिमा, नागरिक सहभागिता, हाल स्वास्थ्यमा छरिएका तीनै तहका कार्यक्रममा भएको दोहोरोपनाको अन्त्यलगायत सुझाव समेटेर १५ बुँदामा सुझाव दिइएको छ ।
हालका सामाजिक सुरक्षाका सबै कार्यक्रम बिमा कार्यक्रममा समेट्न र बिमाको स्रोत सुनिश्चितता बढाउन नीतिगत सुधार थाल्न तत्काल गृहकार्य अघि बढाउनुपर्ने कार्यदलको प्रतिवेदनको सुझाव छ ।
बिमा सेवाबापतको शोधभर्ना रकम ४५ दिनभित्र भुक्तानी गर्ने र सेवाप्रदायकको नियमन र अनुगमनलाई व्यवस्थित गर्नुपर्ने पनि उल्लेख छ ।
सबै नागरिकलाई बिमाको पहुँचमा ल्याउन बिमाका निम्ति स्रोत सुनिश्चित गर्नुपर्ने, सहभुक्तानी कार्यान्वयन गर्नुपर्ने, कानुन संशाेधनसहित स्वास्थ्य उपचारमा आउने अनुदानका कार्यक्रमलाई स्वास्थ्य बिमा ऐन मातहत ल्याउनुपर्ने र बिमा बोर्डलाई पूर्ण रूपमा स्वयत्त बनाउन पुनर्संरचना गर्नुपर्ने उल्लेख छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
प्रतिकृया दिनुहोस