केपी ओली कपमा मछिन्द्र र आर्मी उपाधिका लागि आज खेल्दै
- गाउँ सहर संवाददाता
- १९ फाल्गुण सोमबार, २०८१ | ०८:१३:०० मा प्रकाशित

काठमाडौं । केपी ओली कप २०२५ को फाइनल खेल डिफेन्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लबबीच आज सोमबार हुनेछ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ।
पछिल्लो २ संस्करणको उपाधि मछिन्द्र फुटबल क्लबले हासिल गरेको थियो। तेस्रो संस्करणको उपाधिका लागि जाने सोमबार प्रतिस्पर्धा गर्ने मछिन्द्र फुटबल क्लबका कप्तान विशाल श्रेष्ठले प्रि म्याचमा बताए। ‘लगातार तेस्रो पटक फाइनल खेल्न पाउँदा हामी निकै उत्साहित रहेका छौं। हामी भोलि उपाधिकै लागि खेल्नेछौं।’
प्रशिक्षक सन्तोष न्यौपाने पनि उपाधिका लागि आफ्नो टिम तयार रहेको बताए। ‘आर्मीको टीम राम्रो छ। हामी २ महिनादेखि राम्रो लयमा छौं। हामी भोलि राम्रो खेल खेल्नेछौं।’
त्यस्तै, आर्मी पनि नयाँ र पुरानो खेलाडीको समिश्रणसहित उपाधिकै लागि भिड्न चाहन्छ। ‘मछिन्द्र राम्रो टिम हो। हामी भोलि उपाधिकै लागि खेल्नेछौं’ त्रिभुवन आर्मी क्लबका कप्तान जिलेस्पी जंग कार्कीले भने।
आर्मीका प्रशिक्षक मेघराज केसीले १ वर्षदेखि टिम बनाउनमा काम गरिरहेको बताए। उनले भने,‘हामी पछिल्लो १ वर्षदेखि टिम बनाउनमा काम गरिरहेका थियौं। अब हामीले नतिजा दिने बेला भयो।’
प्रतियोगिताको विजेता हुने टोलीले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता हुने टोलीले ५ लाख रुपैयाँ पाउनेछन्।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन्।
फाइनल खेलमा इटालीबाट विश्वकप विजेता गोलकिपर जियानलुजी वुफन मुख्य आकर्षणको रुपमा रहेका छन्।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मुस्लिम धर्मावलम्बीले आज बकर ईद मनाउँदै
- बाजुराको बाम्का बजारमा आगलागीबाट ४० पसल जले
- लेखनाथ पत्रकार मञ्चको आयोजनामा वडाध्यक्षहरुसँग अन्तरकृया
- ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा देशव्यापी वृहत् बृक्षारोपण
- छलफलमा सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित
- राष्ट्रियसभाकाे बैठकमा बजेटमाथि छलफल जारी (लाइभ)
- सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
- पतञ्जली जग्गा प्रकरणमा माधव नेपाल जाेडिएकाे घटनामा कहिले के भएकाे थियाे ?
- माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायरपछि अहिलेसम्मका विकसित घटनाक्रम
- कोटेश्वर बहुमुखी क्याम्पस र मनोहरा सरसफाई तथा सम्पदा बचाऊ अभियानले मनायो वातावरण दिवस
प्रतिकृया दिनुहोस