प्रधानमन्त्री ओलीको 'भ्युटावर' विकास मोडलमा गम्भीर त्रुटि छ
- गाउँ सहर संवाददाता
- १० फाल्गुण शनिबार, २०८१ | २१:२२:०० मा प्रकाशित

झापा । प्रमुख प्रतिपक्षी माओवादी उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले मुलुकमा ‘भ्युटावर विकासको मोडल’ मा परिवर्तन जरुरी रहेको बताएका छन् ।
झापामा शनिबार बिहान आयोजित पार्टीको कार्यक्रममा पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भ्युटावर’ विकास मोडल अनुत्पादक भएको बताए ।
शिक्षा, स्वास्थ्य, रोजगारी र घरबार बिहीनलाई सुरक्षित आवासको सुनिश्चितता गर्नुपर्नेमा संघीय सरकारदेखि वडातहसम्म विकास भनेकै भ्युटावर हो भन्ने स्थापित गर्न खोजिएको पुनको भनाइ थियो । ‘लोकतन्त्रमा शिक्षा, स्वास्थ्य र रोजगारी सरकारको प्राथमिकतामा हुनुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्यु टावरको अवधारणा ल्याएपछि हरेक वडा, पालिका, प्रदेश सबैतिर विकास भनेकै भ्युटावर, देशको गौरव भनेकै भ्युटावरजस्तो भएको छ,' पुनले भने, 'ओलीजीले दमकमा ठूलो भ्युटावर ठड्याउनुभयो । प्रधानमन्त्री ओलीले भ्युटावरलाई विकासको मोडल बनाउनुभयो । मैले यसअघि संसदमा पनि भनेको छु, उहाँको विकासको मोडलमा गम्भीर त्रुटि छ ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संसदमा नीति तथा कार्यक्रममाथि छलफल सकिँदै (लाइभ)
- नीति तथा कार्यक्रममाथिको छलफल आज अन्तिम दिन
- भारत-पाकिस्तान तनावबारे नेपालकाे यस्ताे छ आधिकारिक धारणा
- दिनभर उतारचढाबपूर्ण रहेको शेयर बजार दोहोरो अंकले घटेर बन्द
- राजावादीले राजसंस्था पुन:स्थापनाका लागि जेठ १५ गतेबाट अनिश्चितकालीन जनआन्दोलन
- नीति तथा कार्यक्रममा संसदमा छलफल जारी (लाइभ)
- दिलिप पौडेलको कथासंग्रह ब्लफर्स डायरीको लोकार्पण
- सदनमा नीति तथा कार्यक्रममाथि छलफल जारी (लाइभ)
- भारत पाक तनावबारे चीनको प्रतिक्रिया-सैन्य कारबाही खेदजनक
- नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै
प्रतिकृया दिनुहोस