अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेलमा आज नेपाल र म्यानमार भिड्दै
- गाउँ सहर संवाददाता
- ११ फाल्गुण आइतबार, २०८१ | ०८:१४:०० मा प्रकाशित

काठमाडाैं । घरेलु मैदानमा जारी फोर नेसन्स अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (आइतबार) नेपाल र म्यानमार भिड्दैछन्।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ ६ बजेदेखि सुरु हुनेछ।
एक खेल अगावै फाइनलमा पुगिसकेका नेपाल र म्यानमारका लागि आइतबारका लागि अभ्यास समेत हुनेछ।
म्यानमार शीर्ष र नेपाल दोस्रो स्थानमा रहँदै एक खेल अगावै फाइनलमा पुगिसकेका छन्।
नेपालले समूह चरणको पहिलो खेलमा किर्गिस्तान र दोस्रो खेलमा लेवनानलाई समान १–० गोल अन्तरले हराएको थियो।
म्यानमारले भने पहिलो खेलमा कीर्गिस्तानलाई ३–१ ले तथा दोस्रो खेलमा लेवनानमाथि ५–० को फराकिलो जित दर्ता गरेको थियो।
नेपाल र म्यानमार महिला फुटबलमा तेस्रो पटक भिड्न लागेका हुन्। यसअघिका दुई भेटमा नेपालले म्यानमारलाई हराउन सकेको छैन। नेपाल तेस्रो भेटमा म्यानमारमाथि जित निकाल्न चाहान्छ। तर जारी च्याम्पियनसिपमा म्यानमारलाई उपाधि दाबेदारको रुपमा हेरिएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस