फुङलिङ तनावग्रस्त: आन्दोलनकारीद्वारा प्रहरी र सर्वसाधारणका घरमा बलिरहेको राँको प्रहार
- गाउँ सहर संवाददाता
- १० फाल्गुण शनिबार, २०८१ | २१:३४:०० मा प्रकाशित

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजार तनावग्रस्त बनेको छ । ‘नो केवलकार’ अभियानका समर्थकहरूले मलास जुलुससहित प्रदर्शन गर्दै नाराबाजी गरेका बेला सुरक्षाकर्मीले बलिरहेको राँको नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।
शनिबार वीरेन्द्रचोकमा पुगेका आन्दोलनकारीहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरू र सुरक्षाकर्मीबीच धक्कामुक्की भएको थियो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार प्रदर्शनकारीहरूले प्रहरीमाथि बलिरहेको राँको र लाठी प्रहार गर्नुका साथै सर्वसाधारणका घरमा समेत राँको फ्याँक्ने अमानवीय व्यवहार गरेका छन् ।
झडपका क्रममा केही व्यक्ति घाइते भएका छन् भने आगलागी भने हुनबाट जोगिएको स्थानीय प्रशासनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी रवि रावलले घाइतेको यकिन विवरण आउन बाँकी रहेको जानकारी दिएका छन् ।
हाल स्थितिलाई नियन्त्रणमा ल्याइसकिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेलमा आज नेपाल र म्यानमार भिड्दै
- अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेलमा आज नेपाल र म्यानमार भिड्दै
- पाथीभरा केबलकार निर्माणकाे निरन्तर बिराेधपछि फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा जारी
- प्रधानमन्त्री ओलीको 'भ्युटावर' विकास मोडलमा गम्भीर त्रुटि छ
- ‘नो केबलकार समूह’ले आयोजना गरेको पदयात्रामा सहभागी बनेर फर्किएका अध्यक्ष महतोलाई कालो झन्डा
- नेपालमा लगानीका प्रशस्त सम्भावनाहरू छन् : चन्द्र ढकाल
- नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा
- सतुंगलमा मल्टी ब्रान्ड स्यानिटरी शोरुम
- सार्वजनिक ऋण रु २६ खर्ब ११ अर्ब छ करोड पुग्याे
- स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक, हेर्नुस् कहिले के ?
प्रतिकृया दिनुहोस