एक वर्षमै सिद्धबाबा सुरुङमार्ग वारपार छेडियाे
- गाउँ सहर संवाददाता
- ११ माघ शुक्रबार, २०८१ | १५:३४:०० मा प्रकाशित
काठमाडाैं । निर्माण थालेको एक वर्षमा सिद्धबाबा सुरुङमार्ग शुक्रबार वारपार छिचोलिएको छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य टनेलको आज (शुक्रबार) ब्रेक थ्रु भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ दोभान नजिकै आयोजनाको बेस क्याम्पमा औपचारिक समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गरेपछि ‘ब्रेक थ्रु’ भएको हो ।
प्रधानमन्त्रीको सम्बोधनपछि ‘ब्रेक थ्रु’ उत्सवका लागि खन्न बाँकी राखिएको १.८ मिटर भागमा प्राविधिकले ब्लास्ट (विष्फोट) गराएर छिचोलेको थियो । दक्षिणतर्फ सिद्धबाबा मन्दिर र उत्तरतर्फ तिनाउ जलविद्युत आयोजनाको हेडaक्सतिरबाट खनिँदै आएको सुरुङ छिचोलिएको छ ।
यसअघि सुरुङमार्ग अन्तर्गत १५१ मिटर लम्बाईको पहिलो बाइपास टनेल गएको असोज ४ मा, १३० मिटर लम्बाइको तेस्रो बाइपास टनेल गएको भदौ २६ मा र १६१ मिटरको दोस्रो बाइपास टनेल गएको पुस ७ गते ब्रेक थ्रु गरिएको थियो ।
समारोहमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पुर्वाधार विकास मन्त्री देवेन्द्र दाहाल,लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य लगायत उपस्थित थिए ।
आयोजनाका अनुसार दुवैतर्फको रिबसहित सुरुङमार्गको कूल लम्बाइ एक हजार १२६ मिटर भएपनि खन्नुपर्ने टनेलको भाग भने एक हजार ८९ मिटर मात्रै हो । मुख्य सुरुङ सिद्धबाबा मन्दिरतर्फ दक्षिणबाट ६१० र तिनाउ जल विद्युतको हेडबक्सतर्फ उत्तरबाट ४७७.२ मिटर खन्ने काम सम्पन्न भएको छ ।
हालसम्म आयोजनाको भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत भएको आयोजना प्रमुख कृष्णराज अधिकारीले बताए ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको दोभानदेखि सिद्धबाबासम्म अग्लो भीर र चट्टानी पहाड भएकाले सिद्धबाबा सडक खण्डमा बर्खा र हिउँदमा अत्यधिक पहिरो झरिरहन्छ । यो खण्डको झण्डै ४ किलोमिटर सडक बर्खा र हिउँद सधैँ पहिरोको उच्च जोखिममा पर्ने गरेको छ ।
सोही जोखिमलाई मध्यनजर गरी सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको हो ।
७ अर्ब ३४ करोड २१ लाख रूपैयाँको लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङमार्ग निर्माणको काम गरिरहेको छ । निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता अनुसार २०८३ चैतभित्र सुरुङमार्गको काम सम्पन्न गर्नुपर्ने छ ।
सिद्धबाबा सुरुङ मार्ग आयोजना २०७८ सालमै सुरु भएको हो । सुरुङ मार्ग २२ मार्च २०२७ मा सक्नुपर्ने सम्झौतामा उल्लेख छ ।
अहिले दैनिक डेढ सयदेखि दुई सयजना कामदारले काम गरिरहेका आयोजनाले जनाएको छ ।
सुरुङ खनेर सुरक्षाका लागि गरिने कामका साथै बाटो फराकिलो पार्नेसहित अन्य काम सुरु भइसकेको आयोजनाले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पर्वतारोहीलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दै सरकार
- १ करोड धरौटी बुझाएर छुटे रवि लामिछाने
- त्रिदेशीय महिला क्रिकेट शृंखलाका लागि नेपाली टिमको घोषणा
- रुपन्देहीमा रविलाई १ करोड धरौटीमा छाड्न आदेश
- साताको पहिलो दिनमै नेप्से परिसूचक दोहोरो अंकले ओरालो, काराेबार भने ९ अर्बमाथि
- हिउँदे अधिवेशन : पहिलो बैठकमा प्रधानमन्त्री र शीर्ष नेताले सम्बोधन गर्ने
- बाल यौन दुरुपयोगमा मदन राई दोषी ठहर
- क्षमताका आधारमा रामेछापका स्थानीय तह चार समुहमा वर्गीकरण
- सरकारी कर्मचारीका लागि सरकारले ल्यायाे यस्ताे साइबर सुरक्षा एड्भाइजरी (पूर्णपाठ)
- लिखित राजनीतिक कार्यपत्र पेश नगरेकोमा अध्यक्ष लिङ्देनकाे आलोचना, राणाद्वारा आन्दाेलनमा जान जाेड
प्रतिकृया दिनुहोस