साताको पहिलो दिनमै नेप्से परिसूचक दोहोरो अंकले ओरालो, काराेबार भने ९ अर्बमाथि
- गाउँ सहर संवाददाता
- १३ माघ आइतबार, २०८१ | १५:२२:०० मा प्रकाशित
काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेर बन्द भएको छ। नेप्से परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ विन्दुमा अडिएको छ।
यसदिन ३१८ स्क्रिप्सको १ करोड ५७ लाख २० हजार ३६७ कित्ता सेयर ९ अर्ब १२ करोड ८६ लाख ७३ हजार ५१४ रुपैयाँमा खरिदबिक्री भए।
यसदिन दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। अपर लघुवित्त वित्तीय संस्था र माथिल्लो मैलुङ खोला जलविधयुतको सेयर १० प्रतिशतले घटेको हो।
कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर ९.८८ प्रतिशतले बढ्दा आराम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको ९.६८ र सिकलेस हाइड्रोपावरको ८.६० प्रतिशतले बढयो।
कारोबार रकमका आधारमा सप्तकोशी डेभलपमेन्ट बैंक शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३९ करोड ५३ लाख ७३ हजार २१२ रुपैयाँको सेयर कारोबार भयो। नेपाल रिइन्स्योरेन्सको ३८ करोड,एनआरएन इन्फ्राक्टक्चर एण्ड डेभलपमेन्टको २५ करोड,सिन्धु विकास बैंकको २९ करोड र सीईडीबी होल्डिङ्सको २५ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये ११६ स्टक्सको मूल्य बढ्दा १२१ वटाको घट्यो। ६ स्टक्सको मूल्य भने स्थिर रह्यो। पाँच समूहबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- किन पुगे रवि लामिछाने उच्च अदालत पाेखरा ?
- शेयरबजार : निरन्तर खुसुखुसु ओरालाे झर्दै नेप्से
- पर्वतारोहीलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दै सरकार
- १ करोड धरौटी बुझाएर छुटे रवि लामिछाने
- त्रिदेशीय महिला क्रिकेट शृंखलाका लागि नेपाली टिमको घोषणा
- रुपन्देहीमा रविलाई १ करोड धरौटीमा छाड्न आदेश
- हिउँदे अधिवेशन : पहिलो बैठकमा प्रधानमन्त्री र शीर्ष नेताले सम्बोधन गर्ने
- बाल यौन दुरुपयोगमा मदन राई दोषी ठहर
- क्षमताका आधारमा रामेछापका स्थानीय तह चार समुहमा वर्गीकरण
- सरकारी कर्मचारीका लागि सरकारले ल्यायाे यस्ताे साइबर सुरक्षा एड्भाइजरी (पूर्णपाठ)
प्रतिकृया दिनुहोस