गाउँ सहर
बाल यौन दुरुपयोगमा मदन राई दोषी ठहर
- गाउँ सहर संवाददाता
- १३ माघ आइतबार, २०८१ | १३:३०:०० मा प्रकाशित
काठमाडौं । कृषि विज्ञ भनेर चिनिएका मदन राई बाल यौन दुरुपयोगमा दोषी ठहर भएका छन् । जिल्ला अदालत खोटाङले राईलाई कसुरदार ठहराएको हो ।
जिल्ला अदालत खोटाङका सूचना अधिकारी सुदिपकुमार भट्टराईका अनुसार माघ १० गते नारायणप्रसाद दाहालको इजलासले राईलाई दोषी ठहराएको हो ।
यद्यपि राईलाई कति सजाय हुने भन्नेबारे भने अर्को पेसीमा सुनुवाइ हुने भएको छ । सूचना अधिकारी भट्टराईका अनुसार सजाय निर्धारणका लागि माघ २५ गतेलाई पेसी तोकिएको छ ।
आफैंले सञ्चालन गरेको शुभम फाउन्डेसनमा अध्ययनरत बालिकालाई यौन दुरुपयोग गरेको अभियोगमा २०८० वैशाख २९ गते पक्राउ परेका राईलाई जिल्ला अदालत खोटाङबाट जेठ २२ गते चार लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । धरौटीमा छुटे पनि फाउन्डेसनमा जान भने राईलाई रोक लगाइएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पर्वतारोहीलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दै सरकार
- १ करोड धरौटी बुझाएर छुटे रवि लामिछाने
- त्रिदेशीय महिला क्रिकेट शृंखलाका लागि नेपाली टिमको घोषणा
- रुपन्देहीमा रविलाई १ करोड धरौटीमा छाड्न आदेश
- साताको पहिलो दिनमै नेप्से परिसूचक दोहोरो अंकले ओरालो, काराेबार भने ९ अर्बमाथि
- हिउँदे अधिवेशन : पहिलो बैठकमा प्रधानमन्त्री र शीर्ष नेताले सम्बोधन गर्ने
- क्षमताका आधारमा रामेछापका स्थानीय तह चार समुहमा वर्गीकरण
- सरकारी कर्मचारीका लागि सरकारले ल्यायाे यस्ताे साइबर सुरक्षा एड्भाइजरी (पूर्णपाठ)
- लिखित राजनीतिक कार्यपत्र पेश नगरेकोमा अध्यक्ष लिङ्देनकाे आलोचना, राणाद्वारा आन्दाेलनमा जान जाेड
- कांग्रेसकाे बैठकमा के के विषयमा छलफल भए ?
प्रतिकृया दिनुहोस