त्रिदेशीय महिला क्रिकेट शृंखलाका लागि नेपाली टिमको घोषणा
- गाउँ सहर संवाददाता
- १३ माघ आइतबार, २०८१ | २०:२४:०० मा प्रकाशित

काठमाडौं । घरेलु मैदानमा हुने त्रिदेशीय महिला क्रिकेट शृंखलाका लागि नेपालको टोली घोषणा भएको छ । आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो ।
नेपाली टिममा यू–१९ टोलीकी कप्तान पूजा महतो पनि समावेश भएकी छन् । जनवरी ३० देखि फेब्रुअरी ७ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृंखलमा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डले प्रतिस्पर्धा गर्ने तालिका छ ।
नेपालले जनवरी ३० मा नेदरल्यान्ड्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यस्तै, नेपालले फेब्रुअरी २ र ५ मा नेदरल्यान्ड्स खेल्नेछ । यसैगरी, फेब्रुअरी १, ४ र ७ मा नेपालले थाइल्यान्डको सामना गर्नेछ ।
नेपाली टिम
इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, सीता रानामगर, विन्दु रावल, पूजा महतो, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, रोमा थापा, मनिषा उपध्याय, कविता जोशी, ईश्वरी विष्ट र अलिशाकुमारी यादव ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
- २६ अंकले बढेको नेप्सेका कति भयाे कारोबार
- निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- रास्वपा र राप्रपाद्वारा आज पनि सदन बहिष्कार
प्रतिकृया दिनुहोस