चिया बेचेरै मासिक ५० हजार आम्दानी, सन्तानलाई उच्च शिक्षा
- गाउँ सहर संवाददाता
- ११ माघ शुक्रबार, २०८१ | १०:३२:०० मा प्रकाशित
मोरङ । मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया बेचेर सोही ठाउँमा एक बिघा खेत जोडेका छन् । स्थानीय डाँगीहाट बजारमा २५ वर्षदेखि लगातार चिया बेचिरहेका दम्पतीले सम्पत्ति जोड्दै सन्तानलाई उच्च शिक्षासमेत हासिल गराएका छन् ।
चिया बेचेर चार जनाको परिवारको जीविका चलाउँदै आएकी स्वामकुमारी खवासका अनुसार व्यापारको टुङ्गो त हुँदैन, तर औषतमा दैनिक अढाइदेखि तीन सय कप चिया बिक्री हुन्छ । हाल ३० लिटर दूधको चिया बिक्री हुन्छ । सबै खर्च कटाएर मासिक कम्तीमा रू ५० हजार आम्दानी हुन्छ । पच्चीस वर्षअघि पसल सुरू गर्दा दुई रूपैयाँ कपको चिया अहिले मूल्य बढेर २० पुगेको छ । त्यसबेला प्रतिलिटर रू १३ मा किनेको दूध हाल रू ८० पर्छ, महँगी धेरै बढ्यो ।
स्वामकुमारीले भनिन्, “त्यस समयमा जमिन सस्तो थियो, त्यही भएर नाफाले अलिअलि गर्दै एक बिघा जमिन जोड्न सफल भयौँ । त्यसबेला चिया दुई किसिमको बनाउनुपथ्र्यो, ‘लोकल’ अनि ‘स्पेसल’, लोकलमा पानी मिसाइन्थ्यो भने स्पेसलमा दूधको मात्रको हुन्थ्यो ।” त्यसबेला लोकल चिया प्रतिकप रू दुई र स्पेसल रू तीन थियो । छोराछोरीलाई काखैमा राखेर चिया बेचिन्थ्यो, अहिले उनीहरू जवान भए । यही पसलको कमाईले छोराछोरी दुवैलाई उच्च माध्यमिक तहसम्म पढाएको स्वामकुमारीका श्रीमान् सर्गे खवास बताउछन् ।
कुनै पनि व्यवसाय इमान्दारीपूर्वक निरन्तर गरिरहने होभने एक दिन अवश्य सफलता मिल्ने रहेछ स्वामकुमारीले बताइन् । “त्यसबेला जङ्गल गएर दाउरा ल्याइन्थ्यो, रू दुई सयमा एक रिक्सा दाउरा आउँथ्यो, अहिले ग्यास चुलोको प्रयोग गर्छौँ”, उनले बताइन् ।
स्थानीय नेता, समाजका अगुवा सबै चिया खान आउछन् । समाजका हरेक सूचना पनि थाहा पाइन्छ । चिया पकाउँदा आम्दानीमात्र होइन, आदत नै बनिसक्यो खवास दम्पतीको । अझै शरीरले साथ दिइन्जेल चिया व्यापार गर्ने उनीहरू बताउछन् ।
स्थानीय वलिराम राजवंशी ७६ वर्ष पुगिसके । उनी आधा घण्टा हिँड्दै उक्त पसलमा चिया पिउन आउछन् । “वर्षौँदेखि उक्त होटलमा चिया खाने बानी परेकाले बूढो भए पनि घरको चियाले धित मर्दैन”, राजवंशी बताउछन् । बुबाकै पालादेखि डाँगीहाटमा चिया खाइरहेको छु । बुबाको जमानामा भारू पैसा चल्थ्यो, त्यसबेला दुई आना कप चिया रहेको याद छ । बुबासँगै आएर चिया खाने बानी पर्यो राजवंशी बताउछन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पर्वतारोहीलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दै सरकार
- १ करोड धरौटी बुझाएर छुटे रवि लामिछाने
- त्रिदेशीय महिला क्रिकेट शृंखलाका लागि नेपाली टिमको घोषणा
- रुपन्देहीमा रविलाई १ करोड धरौटीमा छाड्न आदेश
- साताको पहिलो दिनमै नेप्से परिसूचक दोहोरो अंकले ओरालो, काराेबार भने ९ अर्बमाथि
- हिउँदे अधिवेशन : पहिलो बैठकमा प्रधानमन्त्री र शीर्ष नेताले सम्बोधन गर्ने
- बाल यौन दुरुपयोगमा मदन राई दोषी ठहर
- क्षमताका आधारमा रामेछापका स्थानीय तह चार समुहमा वर्गीकरण
- सरकारी कर्मचारीका लागि सरकारले ल्यायाे यस्ताे साइबर सुरक्षा एड्भाइजरी (पूर्णपाठ)
- लिखित राजनीतिक कार्यपत्र पेश नगरेकोमा अध्यक्ष लिङ्देनकाे आलोचना, राणाद्वारा आन्दाेलनमा जान जाेड
प्रतिकृया दिनुहोस