अर्थतन्त्र

बजार सामान्य अंकले बढ्दा परिसूचक २ हजार ५८१.६० बिन्दुमा

काठमाडौँ । बुधबार सेयर बजार परिसूचक (नेप्से) ५ अंकले बढेको छ । बजार सामान्य अंकले बढ्दा परिसूचक २ हजार ५८१.६० बिन्दुमा पुगेको छ ।

परिसूचकमा सामान्य अंकको वृद्धि देखिए पनि बुधबार कारोबार रकम भने घटेको छ । कुल ३०५ कम्पनीको ९४ करोड ३४ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ ।

बुधबार १५० कम्पनीको मूल्य बढेको छ । त्रिशूली जलविद्युत् कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो । आत्मनिर्भर लघुवित्त लगायत चार कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लाग्यो ।

यस्तै आज फाइनान्स कम्पनीतर्फ लगानीकर्ता आकर्षित देखिएका छन् । जसले गर्दा यो समूहको सूचक ३.८७ प्रतिशतले बढ्यो । विकास बैंक समूह १.६८ र जलविद्युत् समूह १.२४ प्रतिशतले बढेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत