उत्पादन नहुँदा हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट बढ्याे
- गाउँ सहर संवाददाता
- १४ पौष आइतबार, २०८१ | १३:५५:०० मा प्रकाशित
बागमती । उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा परेको छ । गत असोज १५ गतेदेखि उत्पादन बन्द हुँदा आर्थिक समस्या बढेको हो ।
उत्पादन ठप्प भए पनि प्रशासनिक खर्च, कर्मचारीको तलबभत्ता, इन्धन खर्च बढिरहेको उद्योगको उच्च व्यवस्थापनले स्वीकार गरेको छ । आर्थिक सङ्कटका कारण लामो समयदेखि बन्द रहेको उद्योगबाट उपकरण मर्मत हुनेबित्तिकै उत्पादन थाल्नेगरी तयारी भइरहेको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले बताए ।
उपकरण मर्मत गर्न भारतबाट प्राविधक ल्याउनुपर्ने भएकाले मर्मतमा समय लागेको हो । उद्योगसँग कच्चा पदार्थ पर्याप्त छ । “हामीसँगै कच्चा पदार्थको अभाव छैन”, अध्यक्ष भण्डारीले भने, “उद्योगलाई चाहिने चार सय मेट्रिक टन कोइला मौज्दात छ ।”
आर्थिक अभावका कारण यसअघि पनि दुई महिना उद्योग बन्द भएको थियो । गत भदौको तेस्रो सातादेखि उत्पादन सुरु गरेको उद्योगले त्यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
- आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु
- मूल्य बढ्यो पेट्रोलियम पदार्थमा
- नेप्से परिसूचक २५ सय विन्दुमा झर्यो
- सन् २०२४ मा नेपालमा कति विदेशी पर्यटक भित्रिए ?
- आजकाे माैसमबारे विभागकाे यस्ताे पूर्वानुमान
- कवि शिरोमणि लेखनाथ जन्मजयन्तीमा विविध पुरस्कार
- ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा सातै प्रदेशमा प्रभातफेरी
- आज गुरुङ समुदायले ‘तमु ल्होसार’ विभिन्न कार्यक्रम गरि मनाइँदै
- पोखरामा ई–लाइब्रेरी सम्बन्धी तालिम सम्पन्न
प्रतिकृया दिनुहोस