पोखरामा ई–लाइब्रेरी सम्बन्धी तालिम सम्पन्न
- गाउँ सहर संवाददाता
- १४ पौष आइतबार, २०८१ | १८:५०:०० मा प्रकाशित
पाेखरा । पोखरा सार्वजनिक पुस्तकालयमा ई–लाइब्रेरी सम्बन्धी तालिम सम्पन्न भएको छ । नेपाल पुस्तकालय संघ गण्डकी प्रदेश र पोखरा सार्वजनिक पुस्तकालयअमेरिकन कर्नर पोखराद्वारा संयुक्त रुपमा तालिम सम्पन्न भएको हो ।
तालिममा पोखरास्थित विभिन्न विश्वविद्यालय, क्याम्पस, विद्यालय, हस्पिटल र सरकारी निकायका पुस्तकालयमा कार्यरत कर्मचारीहरु र अन्य गरी करिब ५० जनाको सहभागिता रहेको थियो ।
पुस्तकालयमा विद्युतीय स्रोत सामग्रीहरुको खोजी तथा तिनको व्यवस्थापन सम्बन्धी विषयमा केन्द्रित तालिममा विभिन्न वेभसाइट, डाटावेश लगायतका आधिकारिक स्रोतहरुबाट आवश्यकता अनुसारका पुस्तक, जर्नल, शोधपत्र, अनुसन्धात्मक लेखरचना लगायतका विद्युतीय सामग्रीहरु प्राप्त गर्ने तरिका, संस्थागत रजिष्ट्रेशन गर्ने विधि र पुस्तकालय अटोमेशनबारे पुस्तकालय विज्ञहरु मीनकुमारी डल्लाकोटी, दुर्गाप्रसाद आचार्य, किशोर सुवेदी र सूर्य क्षेत्रीले सहजीकरण गरेका थिए ।
तालिमको समापनका अवसरमा पोखरा सार्वजनिक पुस्तकालयका अध्यक्ष प्रा.डा विश्व श्रेष्ठले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्दै ई–लाइब्रेरीको प्रयोग र व्यवस्थापनजस्तो गहन विषयको तालिम उपयोगी हुने विश्वास व्यक्त गर्दै यस प्रकारका तालिम र कार्यशालाहरु नियमित रुपमा सञ्चालन गर्ने योजना रहेको बताए ।
नेपाल पुस्तकालय संघ गण्डकी प्रदेशकी अध्यक्ष मीन कुमारी डल्लाकोटीले समसामयिक विषयकेन्द्रित तालिम सञ्चालन गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यस प्रकारका थप कार्यक्रमहरु गर्ने बताइन् ।
कार्यक्रमको समापनमा सहभागीहरुको तर्फबाट धु्रव केसी र धनुमाया पहारीले आ–आफ्ना अुनभवहरु राख्दै तालिम अत्यन्तै उपयोगी, समसामयिक एवम् सान्दर्भिक रहेको धारणा राखेका थिए । उक्त कार्यक्रमको संचालन नेपाल पुस्तकालय संघ गण्डकी प्रदेशका सचिव शभुवन ढकालले गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी १२ निर्माण कम्पनी सरकारको कालोसूचीमा
- ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सव : दराजमा १८ प्रतिशत छुट
- भीम रावलले घोषणा गरे मातृभूमि जागरण अभियान
- बजार सामान्य अंकले बढ्दा परिसूचक २ हजार ५८१.६० बिन्दुमा
- आज १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
- आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु
- मूल्य बढ्यो पेट्रोलियम पदार्थमा
- नेप्से परिसूचक २५ सय विन्दुमा झर्यो
- सन् २०२४ मा नेपालमा कति विदेशी पर्यटक भित्रिए ?
- आजकाे माैसमबारे विभागकाे यस्ताे पूर्वानुमान
प्रतिकृया दिनुहोस