कवि शिरोमणि लेखनाथ जन्मजयन्तीमा विविध पुरस्कार
- गाउँ सहर संवाददाता
- १५ पौष सोमबार, २०८१ | १९:५४:०० मा प्रकाशित

लेखनाथ । कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीका अवसरमा आज विभिन्न व्यक्तित्वलाई पुरस्कृत गरिएको छ ।
कवि शिरोमणि लेखनाथ पौड्यालको १४१ औं जन्मजयन्तीका अवसरमा कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समिति, लेखनाथ साहित्य प्रतिष्ठान तथा स्थानीय संघसंस्थाको आयोजनामा कवि शिरोमणिको जन्मस्थल अर्घौ अर्चलेमा आयोजित कार्यक्रममा साहित्यिक स्रष्टा, पत्रकार, विद्यार्थी लगायतलाई सम्मान गरिएको हो ।
कार्यक्रममा लेखनाथ साहित्य पुरस्कारबाट बरिष्ठ साहित्य अन्वेषक प्रा.डा.दयाराम श्रेष्ठ सम्भव लाई सम्मान गरिएको छ । उनलाई ५० हजार रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्रबाट पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले संयुक्त रुपमा सम्मान गरे ।
लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट ऋषिकान्त पौडेल र शेरविष्णुमाया गुरुङ लेखनाथ पत्रकारिता पुरस्कारबाट दीपक परियारलाई सम्मानित गरिएको छ । उनीहरूलाई क्रमशः नगद ११ हजार १११ रुपैयाँ र पाँच हजार रुपैयाँ नगद सहित, दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको हो ।
कुन्तिदेवी साहित्य पुरस्कारबाट साहित्यकार सरस्वती प्रतिक्षालाई सम्मान गरिएको छ । उनलाई २५ हजार रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको हो ।
कार्यक्रममा चन्द्रकान्त ढकालको स्मृतिमा स्थापित एवम् लेखनाथ साहित्य प्रतिष्ठानद्वारा सञ्चालित लेखनाथ सांस्कृतिक पुरस्कारबाट शिवहरि ढुङ्गानालाई पुरस्कृत गरिएको छ । उनलाई २५ हजार रुपैयाँ नगद सहित दोसल्ला र सम्मापत्र प्रदान गरि पुरस्कृत गरिएको हो ।
त्यस्तै मधुुमाया शिक्षा पुरस्कारबाट जनज्योति मा.वि.मा यस वर्षको एसइईमा प्रथम हुने करुणा गौतमलाई १० हजार नगद सहित सम्मान गरिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस