आज गुरुङ समुदायले ‘तमु ल्होसार’ विभिन्न कार्यक्रम गरि मनाइँदै
- गाउँ सहर संवाददाता
- १५ पौष सोमबार, २०८१ | ११:३०:०० मा प्रकाशित
काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन्।
‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन्।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ।
यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ। तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।
यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको छ भने राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री तथा शीर्ष दलका नेताहरूले शुभकामना व्यक्त गरेका छन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी १२ निर्माण कम्पनी सरकारको कालोसूचीमा
- ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सव : दराजमा १८ प्रतिशत छुट
- भीम रावलले घोषणा गरे मातृभूमि जागरण अभियान
- बजार सामान्य अंकले बढ्दा परिसूचक २ हजार ५८१.६० बिन्दुमा
- आज १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
- आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु
- मूल्य बढ्यो पेट्रोलियम पदार्थमा
- नेप्से परिसूचक २५ सय विन्दुमा झर्यो
- सन् २०२४ मा नेपालमा कति विदेशी पर्यटक भित्रिए ?
- आजकाे माैसमबारे विभागकाे यस्ताे पूर्वानुमान
प्रतिकृया दिनुहोस