पुसमै पश्चिम नेपालमा सात वटा भूकम्प
- गाउँ सहर संवाददाता
- १३ पौष शनिबार, २०८१ | ०७:११:०० मा प्रकाशित
काठमाडौँ । पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको हो । सोही क्रममा शुक्रबार राति कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर चार दशमलव तीन, पुस ३ गते बझाङको धामेना मै चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको थियो । यस्तै, पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर चार दशमलव सात म्याग्निच्यूडको भूकम्प गयो ।
पुस छ गते बाजुरामा पाँच दशमलव दुई म्याग्निच्यूडको भूकम्प जाँदा पुस नौ गते ९ बजेर २५ मिनेट जाँदा दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु बनाएर चार म्याग्नेचुड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार, २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्यूडको भूकम्प गएको थियो । सो भूकम्पपछि मात्रै पश्चिम नेपालमा पाँच परकम्प गएको बताइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कविशिरोमणिको १४१ औं जन्मजयन्तीको अवसरमा कविता प्रतियोगिता
- देशका विभिन्न स्थानमा वर्षा र हिमपात भएसँगै चिसो बढ्याे
- आइएमई समूहको लगानीमा कैलालीको चिसापानीमा जालपादेवी केवलकार निर्माण हुने, परराष्ट्र मन्त्री राणाद्वारा शिलान्यास
- त्रिविले आफ्नो स्वर्णिम ५०औँ दीक्षान्त मनायाे, १४ हजारभन्दा बढी विद्यार्थी दीक्षित
- पाँच महिनाको अवधिमा बागमती प्रदेश सरकारको खर्च निराशाजनक
- एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
- ग्लोबल आइएमई बैंकद्वारा १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
- आज दशरथ रङ्गशालामा त्रिविको ५०औँ दीक्षान्त समारोह
- शनिबार उच्च तथा हिमाली भूभागमा हिउँ र पानी पर्ने
- सिटिजन लाइफ इन्स्याेरेन्सद्वारा रोशीका ४४७ विद्यार्थीहरूलाई न्यानो लुगा वितरण
प्रतिकृया दिनुहोस