आज दशरथ रङ्गशालामा त्रिविको ५०औँ दीक्षान्त समारोह
- गाउँ सहर संवाददाता
- १३ पौष शनिबार, २०८१ | ०७:२३:०० मा प्रकाशित

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आयोजना गर्ने ५०औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा भएको छ। त्रिविले शुक्रबार यहाँ पत्रकार सम्मेलन आयोजना गर्दै दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।
समारोहका उपाध्यक्ष एवं त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले यस वर्ष दीक्षान्त समारोहको ५० वर्ष पुगेकाले स्वर्ण महोत्सवका रूपमा मनाइने बताए। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५०औँ दीक्षान्त समारोह आयोजना गरिएको छ।
उनका अनुसार समारोहमा यसपटक १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित सहभागी हुँदैछन्। सोही सङ्ख्यामा अभिभावकको समेत सहभागिता हुनेछ। परीक्षा नियन्त्रक जोशीले गत वर्षभन्दा यसपटक दुई हजारभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका जानकारी दिए।
स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि (पिएचडी) तर्फ एक सय २२ जना विद्यार्थी दीक्षित हुँदैछन्। 'गत वर्ष हामीले सबैभन्दा बढी विद्यार्थी दीक्षित गरेर गिनिज बुकमा नाम लेखाइसकेका छौँ,' उनले भने, 'यसपटक गत वर्षभन्दा दुई हजार बढी विद्यार्थी दीक्षित हुँदैछन्।'
समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७४ हजार एक सय ४९ विद्यार्थीसहित ६२औँ ग्रेस लिष्टमा भएका विद्यार्थीसमेत दीक्षित हुँदैछन्। समारोहमा विभिन्न १७ वटा विधिका पुरस्कार वितरण गरिने छन्।
दीक्षान्त समारोहको प्रमुख अतिथिका रूपमा वरिष्ठ कृषि वैज्ञानिक डा रामप्रसाद यादव रहने छन्। समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत विद्यार्थी र अभिभावकको सहभागी रहनेछ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
प्रतिकृया दिनुहोस