वातावरण
शनिबार उच्च तथा हिमाली भूभागमा हिउँ र पानी पर्ने
- गाउँ सहर संवाददाता
- १२ पौष शुक्रबार, २०८१ | १९:३०:०० मा प्रकाशित
काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हिमाली तथा उच्च पहाडी भू–भागमा हिउँ र पानी पर्ने पूर्वानुमान गरेको छ।
मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ जारी गरेको मौसम बुलेटिनका अनुसार शुक्रबार राति उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। यसैगरी, बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरुमा हुस्सु तथा कुहिरोको सम्भावना छ।
महाशाखाका अनुसार शनिबार देशैभरका हिमाली तथा उच्च पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिउँ पर्ने सम्भावना छ।
यसैगरी, सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का पानी पर्न सक्ने सम्भावना छ।
महाशाखाले शनिबार देशैभरी बादल लाग्ने देखिएको बताएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पाँच महिनाको अवधिमा बागमती प्रदेश सरकारको खर्च निराशाजनक
- एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
- ग्लोबल आइएमई बैंकद्वारा १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान
- आज दशरथ रङ्गशालामा त्रिविको ५०औँ दीक्षान्त समारोह
- पुसमै पश्चिम नेपालमा सात वटा भूकम्प
- सिटिजन लाइफ इन्स्याेरेन्सद्वारा रोशीका ४४७ विद्यार्थीहरूलाई न्यानो लुगा वितरण
- संविधान कार्यान्वयनको गहन समीक्षा गरेर मात्रै संशोधनको प्रक्रिया अघि बढाउनुपर्छ - कृष्ण सिटौला
- जाजरकोटमा भूकम्पको धक्का
- कर्णाली डेभलपमेन्ट बैंक ‘समस्याग्रस्त’ घोषणा, राष्ट्र बैंकले लियाे व्यवस्थापन
- एमालेले भीम रावललाई पार्टीबाट हटायो, पाण्डे र तिमल्सेनालाई ६ महिना निलम्बन
प्रतिकृया दिनुहोस