शिक्षा
तस्बिरः नवराज सुवेदी ।
त्रिविले आफ्नो स्वर्णिम ५०औँ दीक्षान्त मनायाे, १४ हजारभन्दा बढी विद्यार्थी दीक्षित
- गाउँ सहर संवाददाता
- १३ पौष शनिबार, २०८१ | १९:०७:०० मा प्रकाशित

काठमाडाैँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो स्वर्णिम ५०औँ दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भव्यताका साथ सम्पन्न गरेको छ। समारोहमा प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओली प्रमुख अतिथिको रूपमा उपस्थित भएका थिए।
समारोहमा स्नातक, स्नातकोत्तर, एमफिल, र पीएचडी तहका १४ हजारभन्दा बढी विद्यार्थी दीक्षित भए। परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातकका ९,०६८, स्नातकोत्तरका ५,०५५, एमफिलका ६३ र पीएचडीका १२२ विद्यार्थीहरूले उपाधि प्राप्त गरे।
उत्कृष्ट शैक्षिक नतिजा ल्याउने विद्यार्थीहरूलाई विशेष पदक प्रदान गर्दै सम्मान गरिएको थियो। दीक्षान्त पोशाकमा सिँगारिएका विद्यार्थीहरूको उत्साह र परिवारको गौरवपूर्ण अनुहार समारोहको मुख्य आकर्षण बनेकाे थियाे।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- स्वस्थताका लागि अनिवार्य खेलकुद
- नेविसंघद्वारा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनावी घोषणापत्र सार्वजनिक
- अरुका लागि मिसन ८४ होला तर काङ्ग्रेसका लागि मिसन नेपाल हो – सरस्वती गुरुङ
- सुनकाे भाउ अहिलेसम्मकै महँगाे
- तराईमा आज एकआपसमा रङ खेली आपसी सद्भाव साटेर होली मनाइँदै
- पहाड र हिमालमा मनाइयो होली पर्व
- त्रिचन्द्र बहुमुखी क्याम्पस स्ववियु चुनावमा नौ जनाबीच सभापतिमा प्रतिस्पर्धा हुने
- आज फागु पूर्णिमा, हर्षोल्लासका साथ होली मनाइँदै, खेल्दा यी सावधानी अपनाऔं
- ग्लोबल आइएमई बैंकबाट वैदेशिक शिक्षा तथा भाषा परिक्षाका लागि लाग्ने शुल्कमा ५० प्रतिशत छुट
- क्यानको सेन्ट्रल कन्ट्र्याक्टमा महिला-पुरूष खेलाडी, को कुन ग्रेडमा परे ?
प्रतिकृया दिनुहोस