रामेछापमा जिप दुर्घटना, वडाध्यक्षसहित ५ जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- १४ मङ्सिर शुक्रबार, २०८१ | १६:५१:०० मा प्रकाशित

काठमाडौं । काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ना १ ज ७१२३ नम्बरको जिप दुर्घटनामा मृत्यु भएका पाँचमध्ये चार जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालिका छन् ।
दुर्घटनामा परेर गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित पाँच जनाको निधन भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर विक्रम खड्का मगरले जानकारी दिए ।
५२ वर्षका बस्नेत २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
त्यस्तै, जिपका चालकको पनि घटनास्थलमै मृत्यु भएको छ । मन्थली नगरपालिका–१० का ३५ वर्षीय चालक हिराबहादुर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा आमाछोरीले पनि ज्यान गुमाएका छन् । गोकुलगंगा गाउँपालिका–५ का ३० वर्षीया कविता कार्की र उनकी सात वर्षीया छोरी स्वस्तिका खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्का एकजना मृतकको भने पहिचान खुलिसकेको छैन ।
शुक्रबार दिउँसो १ बजेर ५० मिनेटमा गोकुलगंगा गाउँपालिका–६ स्थित सिमलडाँडा भिरमा उक्त जिप अनियन्त्रित भइ तीन सय मिटर तल खसेको थियो ।
उक्त गाडीमा ८ जना सवार थिए । त्यसमध्ये अन्य तीनजना घाइते भएको र उनीहरूको थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरूमा कास्कीको लेखनाथ नगरपालिका घर भएका ४२ वर्षीय केशव शर्मा र रामेछापको गोकुलगंगा–४ बेतालीकी २७ वर्षीया सरस्वती कार्की रहेका छन् ।
अर्का एकजना घाइतेको पनि पहिचान खुलेको छैन । अन्दाजी ३–४ वर्षका बालक घाइते भएको र उनको शरिरको विभिन्न भागमा चोटपटक लागेको प्रहरीले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस