अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेकोमा विकल पौडेललाई ८ वर्ष कैदको फैसला
- गाउँ सहर संवाददाता
- १३ मङ्सिर बिहीबार, २०८१ | १७:५०:०० मा प्रकाशित

काठमाडाैं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैद सजायको फैसला गरेको छ।
पौडेलसहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलाई ८ वर्ष कैद र तीन करोड ४२ लाख २२ हजार ८ सय रुपैयाँ जरिवाना तथा सोही रकम बराबरको विगो रकम भराउन बिहीबार फैसला भएको हो।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तुलसीप्रसाद थारू तथा रितेन्द्र थापाले उक्त सजाय निर्धारण गरेका हुन्।
उनीहरू दुवैलाई कात्तिक १४ गते दोषी ठहर गरेको थियो। बिहीबार सजाय निर्धारणका लागि पेसी तोकिएको थियो।
उनीहरूमाथि अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको अभियोग थियो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले गत असार ९ गते पौडेलसहित १२ जनाविरूद्ध मुद्दा दायर गरेको थियो।
यो प्रकरणमा तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्यालविरूद्ध पनि अख्तियारले मुद्दा दायर गरेको थियो। तर विशेष अदालतले अर्याललाई सफाइ दिएको थियो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस