खेल
एनपिएल खेल एक्सन स्पोर्ट्सको युट्युबमा पनि हेर्न सकिने
- गाउँ सहर संवाददाता
- ११ मङ्सिर मंगलबार, २०८१ | १८:४५:०० मा प्रकाशित
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को युट्युब प्रशारण अधिकार डिश मिडिया नेटवर्कले प्राप्त गरेको छ।
एनपिएलको पहिलो संस्करणका सबै खेलको युट्युब प्रशारण अधिकार एक्सन स्पोर्ट्सले हासिल गरेको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ।
डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रशारण गर्न एनपिएलको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया नेटवर्कबीच सम्झौता भएको हो।
एनपिएलका खेलहरू एक्सन स्पोर्ट्सको आधिकारिक युट्युब च्यानल मार्फत प्रत्यक्ष रूपमा हेर्न सकिनेछ । एनपिएल टेलिभिजनमा भने स्टार स्पोर्ट्स नेटवर्कले प्रसारण गर्नेछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शनिवार सुरु हुने एनपिएल पुस ६ सम्म चल्नेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
- आज दिउँसो कोशी र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
- एनपीएलमा लुम्बिनीको दबदबा : पोखरालाई ८ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लियो
- लिटल फ्लावरमा स्पोर्टस् मिट सुरु, विभिन्न खेलमा विद्यार्थीबीच प्रतिस्पर्धा हुने
- भाइटीकाको उत्तम साइत कार्तिक २५ गते बिहान ११:०७ बजे, म्हः पूजा र नेपाल संवत् नयाँ वर्ष पनि सोही दिन
- मुकेश अम्बानी फेरि बने एसियाकै धनी व्यक्ति, एकै दिन थपियो ८.५ अर्ब डलर सम्पत्ति
- राष्ट्र बैंकको कुल सम्पत्ति ४१ खर्ब नाघ्यो, तीन महिनामै करिब २ खर्ब ४८ अर्बले वृद्धि
- तिहारमा फूलमाला बिक्रीका लागि काठमाडौं महानगरले तोक्यो ३३ ठाउँ, प्लास्टिकजन्य फूल तथा माला बिक्रीमा रोक
- चितवनलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमकाे दाेस्राे जित
प्रतिकृया दिनुहोस