एनपिएलमा उत्कृष्ट खेल्ने नेपाली खेलाडीले पाउनेछन् गाडी पुरस्कार
- गाउँ सहर संवाददाता
- ११ मङ्सिर मंगलबार, २०८१ | १६:३३:०० मा प्रकाशित
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले गाडी प्रदान गर्ने भएको छ ।
एनपिएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र क्यानको संयुक्त पहलमा मंगलबार सम्झौता गरिएको हो । सम्झौतापत्रमा ब्रान्ड डिजिटल लजिक प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूह अन्तर्गतको एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गरे ।
क्यानका सचिव पारस खड्काले एनपिएलको फाइनलको दिन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीले गाडी पाउने बताए । ‘नेपाली क्रिकेटको इतिहासमै यो पहिलो पटक हो । एनपिएल खेलेपछि कम्तिमा खेलाडीले गाडी चढ्नुपर्छ भन्ने लक्ष्यका साथ यो कदम चलेका हौं । शारदा ग्रुपलाई धेरै धन्यवाद,’ उनले भने ।
उत्कृष्ट खेलाडीले कस्तो गाडी पाउने भन्ने अहिले प्रष्ट रहेको छैन । त्यसबारे क्यान र शारदा ग्रुपले छिट्टै जानकारी दिने सचिव खड्काले बताए ।
एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले यो सहकार्यले नेपालमा क्रिकेटको प्रवद्र्धन र विकासका लागि टेवा पुर्याउने विश्वास व्यक्त गरे । उनले यो सहकार्यले क्रिकेटको लागि लोकप्रियता तथा सफलता पाउँदै गरेको परिदृश्यमा खेल विकासका लक्ष्यहरू हासिल गर्न सहयोग पुग्ने बताए ।
साथै एसपिजि अटोमोबाइल्सको ‘आमोडा एन्ड जेईको’ले एनपिएलको पहिलो संस्करणमा ‘ड्रिभन बाई’ सह प्रायोजकको रूपमा साझेदारी गरेको छ।
एनपीएलको पहिलो संस्करणमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एक-दुई स्थानमा हल्का वर्षा, एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना
- हिसान कास्कीकाे १७औं स्पोर्टस् मीट सुरू, अरुणा शाही सम्मानित
- एनपिएल खेल एक्सन स्पोर्ट्सको युट्युबमा पनि हेर्न सकिने
- सामाजिक सुरक्षा कोषको दायरा विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा, हाल १८ लाख श्रमिक सूचीकृत
- नेप्से परिसूचक ३३ अंकले बढ्दा सेयर बजार २७ सयमाथि
- नेप्से परिसूचक ३३ अंकले बढ्दा सेयर बजार २७ सयमाथि
- ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकालाई पनि हरायाे नेपालले
- यस्ताे छ एनपीएलको थरी थरीका टिकट मूल्य
- मंगलबार कस्ताे छ त माैसम ?
- धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
प्रतिकृया दिनुहोस