यस्ताे छ एनपीएलको थरी थरीका टिकट मूल्य
- गाउँ सहर संवाददाता
- ११ मङ्सिर मंगलबार, २०८१ | ०६:५०:०० मा प्रकाशित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणका निम्ति टिकट मूल्य तय भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार एक विज्ञप्तिमार्फत प्रतियोगिताका निम्ति टिकटदर कायम गरिएको जनाएको हो ।
क्यानका अनुसार, प्रतियोगिताको उद्घाटन खेलमा सामान्यतर्फ ३०० र भीआईपीतर्फ ७०० रुपैयाँ टिकट मूल्य राखिएको छ । लिग चरणका अन्य खेलहरू हेर्न भने समर्थकले सामान्यतर्फ ३०० र भीआईपीतर्फ ५०० रुपैयाँ टिकट मूल्य तिर्नुपर्ने छ ।
यस्तै, प्रतियोगिताको प्लेअफ खेलका दौरान सामान्यतर्फ ५०० र भीआईपीतर्फ ७०० रुपैयाँ टिकट मूल्य तोकिएको छ । प्रतियोगिताको फाइनलका निम्ति भने सामान्यतर्फ ५०० रुपैयाँ नै रहँदा भीआईपीतर्फ एक हजार रुपैयाँ टिकट मूल्य तोकिएको छ ।
क्यानले प्रतियोगिताका निम्ति सिजनल पासको समेत व्यवस्था गरेको छ । क्यानले सिजनल पास खरिद गर्ने समर्थकलाई २० प्रतिशत छुट दिएको छ । जसअनुसार समर्थकले सामान्यतर्फ चार हजार ४८० रुपैयाँ र भीआईपीतर्फ आठ हजार २४० रुपैयाँमा सिजनल पास किन्न सक्ने छन् । क्यानले सिजनल पास खरिद गर्ने दर्शकलाई एक्रिडिटेसन कार्ड र आधिकारिक मर्चन्डाइजको व्यवस्था गरिने समेत जनाएको छ ।
क्यानले प्रतियोगिताका निम्ति आज (मंसिर १० गते) राति ८ बजेदेखि टिकट डिजिटल पे वालेट खल्तीबाट खरिद गर्न सकिने जनाएको छ ।
क्यानको आयोजनामा हुन लागेको एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुष ६ गतेसम्म सञ्चालन हुने तालिका छ । प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने छन् । प्रतियोगिताको पहिलो संस्करणमा कुल आठ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मंगलबार कस्ताे छ त माैसम ?
- धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
- नेपाल रेडक्रसको रक्तसञ्चारका सम्पूर्ण सेवा अब पुन: प्रदर्शनीमार्गबाटै
- आइएमई पेबाट इनड्राइभका चालकहरुको लागि कमिशन फिर्ता पाउने मौका
- कोशीका सांसद लिलाबल्लभबाहेक ११ जनाविरूद्ध मुद्दा दर्ता
- दृष्टिविहीन विश्वकप क्रिकेटमा अफगानिस्तानमाथि नेपालकाे शानदार जित
- कुमारी बैंकद्वारा बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
- बीआरआई सम्बन्धी दलैपिच्छेका अडान
- सुनको भाउ एकैदिन १५ हजार ९ सयले घट्यो
- उपनिर्वाचन हुने स्थानमा बिदा दिन निर्वाचन आयोगको निर्देशन
प्रतिकृया दिनुहोस