खेल
ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकालाई पनि हरायाे नेपालले
- गाउँ सहर संवाददाता
- ११ मङ्सिर मंगलबार, २०८१ | १६:२४:०० मा प्रकाशित

काठमाडौं । पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले दक्षिण अफ्रिकालाई ११ रनले हराएको हो ।
नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १८७ रन मात्र बनायो । उसका लागि बुले भिडलाले अविजित १०० रन बनाए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १९८ रन बनाएको थियो । नेपालका लागि नरेशले सर्वाधिक ८० रन बनाएका थिए ।
पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले सोमबार अफगानिस्तानलाई हराएको थियो ।
दक्षिण अफ्रिकाकालाई हराएसँगै नेपालले सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस