पछिल्लाे चार महिनामा चार खर्ब बढी व्यापार घाटा
- गाउँ सहर संवाददाता
- ८ मङ्सिर शनिबार, २०८१ | १८:०९:०० मा प्रकाशित

काठमाडाैँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ४ महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आवको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको विवरणअनुसार यस अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख रुपैयाँ बराबरको आयात र ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको निर्यात भएको हो । यसरी कूल ५ खर्ब ६६ अर्ब पाँच करोड ६७ लाख रुपैयाँको वैदेशिक व्यापारमा ४ खर्ब ६० अर्ब ७१ करोड ७३ लाख घाटा देखिएको विभागले जनाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात शून्य दशमलव १७ र निर्यात चार दशमलव १६ प्रतिशतले बढेको छ । नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार साझेदार भारतसँग मात्र ४ महिनामा २ खर्ब ८१ अर्ब ११ करोड ६६ लाख घाटा व्यहोरेको छ । कात्तिक मसान्तसम्ममा भारतबाट ३ खर्ब १६ अर्ब ८८ करोड ५३ लाख रपैयाँ बराबरको वस्तु आयात हुँदा ३५ अर्ब ७६ करोड ८७ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस