सामान्य अंकले घटेकाे नेप्सेमा काराेबार रकमभने बढ्याे
- गाउँ सहर संवाददाता
- २१ कार्तिक बुधबार, २०८१ | १४:४९:०० मा प्रकाशित

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से १.८८ अंक घटेको छ ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब २० करोडको शेयर कारोबार भएको बजारमा यस दिन ३२० स्टकको ५५ हजार २३८ पटकको कारोबारमा ५ अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।
यद्यपि आज घट्नेभन्दा मूल्य बढ्ने कम्पनीको संख्या धेरै छ । १२१ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ६ को स्थिर रह्यो । औसतमा ठूला पूँजी भएका कम्पनीको मूल्य घटेकाले यस्तो प्रभाव परेको हो । तिहारपछि खुलेका दुई दिन नै बजारमा झिनो गिरावट देखिएको छ । अघिल्लो दिन नेप्से ०.२१ अंक घटेको थियो ।
कारोबार रकम भने केही बढेको छ । अघिल्लो दिन ४ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब २२ करोडको भयो ।
होटल तथा पर्यटन समूह ०.७५, बैंकिङ ०.१६, लगानी ०.३७, जीवन बीमा ०.१३, उत्पादन ०.२९, माइक्रोफाइनान्स ०.०९, निर्जीवन बीमा ०.८७ र अन्य समूह सूचक ०.१४ प्रतिशत घटे । त्यस्तै म्युचुअल फन्ड १.०९, व्यापार ०.२९, हाइड्रोपावर ०.४६, फाइनान्स ०.७९ र विकास बैंक समूह ०.७३ प्रतिशत बढे ।
नारायणी डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । पिपुल्स हाइड्रोपावरको ९.१, समृद्धि फाइनान्सको ८.७, राप्ती हाइड्रोको ७.८ प्रतिशत मूल्य बढ्यो ।
कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.५ प्रतिशत घट्यो । नेपाल फाइनान्सको ८.२, समाज लघुवित्तको ६.२, युनाइटेड मोदीको ४.०३ तथा सुपरमादी हाइड्रोको ३.५ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा नेपाल फाइनान्स, पिपुल्स हाइड्रोपावर, समृद्धि फाइनान्स, सानिमा जीआईसी इन्स्योरेन्स क्रमशः अगाडि रहे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस