सामान्य अंकले घटेकाे नेप्सेमा काराेबार रकमभने बढ्याे
- गाउँ सहर संवाददाता
- २१ कार्तिक बुधबार, २०८१ | १४:४९:०० मा प्रकाशित
काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से १.८८ अंक घटेको छ ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब २० करोडको शेयर कारोबार भएको बजारमा यस दिन ३२० स्टकको ५५ हजार २३८ पटकको कारोबारमा ५ अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।
यद्यपि आज घट्नेभन्दा मूल्य बढ्ने कम्पनीको संख्या धेरै छ । १२१ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ६ को स्थिर रह्यो । औसतमा ठूला पूँजी भएका कम्पनीको मूल्य घटेकाले यस्तो प्रभाव परेको हो । तिहारपछि खुलेका दुई दिन नै बजारमा झिनो गिरावट देखिएको छ । अघिल्लो दिन नेप्से ०.२१ अंक घटेको थियो ।
कारोबार रकम भने केही बढेको छ । अघिल्लो दिन ४ अर्ब २० करोडको कारोबार भएकोमा आज ५ अर्ब २२ करोडको भयो ।
होटल तथा पर्यटन समूह ०.७५, बैंकिङ ०.१६, लगानी ०.३७, जीवन बीमा ०.१३, उत्पादन ०.२९, माइक्रोफाइनान्स ०.०९, निर्जीवन बीमा ०.८७ र अन्य समूह सूचक ०.१४ प्रतिशत घटे । त्यस्तै म्युचुअल फन्ड १.०९, व्यापार ०.२९, हाइड्रोपावर ०.४६, फाइनान्स ०.७९ र विकास बैंक समूह ०.७३ प्रतिशत बढे ।
नारायणी डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । पिपुल्स हाइड्रोपावरको ९.१, समृद्धि फाइनान्सको ८.७, राप्ती हाइड्रोको ७.८ प्रतिशत मूल्य बढ्यो ।
कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.५ प्रतिशत घट्यो । नेपाल फाइनान्सको ८.२, समाज लघुवित्तको ६.२, युनाइटेड मोदीको ४.०३ तथा सुपरमादी हाइड्रोको ३.५ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा नेपाल फाइनान्स, पिपुल्स हाइड्रोपावर, समृद्धि फाइनान्स, सानिमा जीआईसी इन्स्योरेन्स क्रमशः अगाडि रहे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस