स्मार्ट च्वाइस् टेक्नोलोजिज् र एनसीएचएलबिच नेपालपे कार्डको लागि समझदारी
- गाउँ सहर संवाददाता
- १४ कार्तिक बुधबार, २०८१ | १३:१९:०० मा प्रकाशित

काठमाडौँ । स्मार्ट च्वाइस् टेक्नोलोजिज् (एस्सिटि) र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच नेपालपे कार्ड जारी गर्न र अक्वायर गर्न पूर्वाधार तयार गरी इन्टिग्रेट गर्ने समझदारी भएको छ । समझदारीपत्रमा एस्सिटिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।
नेपाल राष्ट्र बैंकको मार्गदर्शनमा एनसीएचएले चरणबद्घ रुपमा स्थापना गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको दोस्रो चरण अन्तर्गत नेपालको आफ्नै डोमेस्टिक कार्ड स्कीम ‘नेपालपे’ र एनपीएस–नेशनल कार्य स्विच कार्यान्वयनका लागि आवश्यक जडान तथा परिक्षण कार्य भईरहेको छ ।
उक्त नेपालपे कार्डको स्वीकार्यता र प्रयोग वृद्धि गर्नका लागि एस्सीटिले आफ्नो प्रणाली तथा पूर्वाधारमा आवश्यक स्तरोन्नती गरे पश्चात् एनपीएस–एनसीएसको प्राविधिक सदस्यतालाई नेपालपे कार्ड जारी र अक्वायर गर्न सक्ने जनाइएको छ । सञ्चालनमा आए पश्चात् उक्त कार्डको राउटिङ्ग, स्विचिङ्ग तथा सेटलमेन्ट एनसीएचएलको नेशनल पेमेन्ट स्वीच मार्फत हुने जनाइएको छ ।
एनसीएचएलले आफ्नो इएफटी कार्ड स्वीच मार्फत १२ बैंकहरुलाई अन्य कार्ड स्कीमको प्रोसेसिङ्ग र कार्ड सर्भिसेस्को सुविधा प्रदान गर्दै आएको छ भने, एस्सिटिले १० बैंक, ११ वित्तीय संस्था, १००+ सहकारी संस्थाहरुलाई कार्ड प्रोसेसिङ्गको सेवा दिँदै आएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस