सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या चार पुग्याे
- गाउँ सहर संवाददाता
- १३ कार्तिक मंगलबार, २०८१ | ०९:३९:०० मा प्रकाशित

सल्यान । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा सात जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।
कपुरकोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्गतर्फ जाँदै गरेको रा १ ख २४०२ नम्बर मिनी ट्रक साेमबार दुर्घटनामा परेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका ट्रक चालक २६ वर्षीय मानबहादुर भण्डारीको पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । भण्डारीको दाङ तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा परेर स्थानीय १४ वर्षीय गोवर्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी र १५ वर्षीया सिर्जना बस्नेतको सोमबार साँझै मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुई जनाको घटनास्थलमै, एक जनाको बाटोमा र चालकको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परेर १३ वर्षीया खुमा बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जीत सागर बस्नेत, १७ वर्षीय सञ्जीव बस्नेत, २९ वर्षीय शङ्कर खड्का, ३५ वर्षीय देवबहादुर बस्नेत र २२ वर्षीय हिक्मत थापा घाइते भएका छन् । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
ट्रक सडकदेखि एक सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
प्रतिकृया दिनुहोस