सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या चार पुग्याे
- गाउँ सहर संवाददाता
- १३ कार्तिक मंगलबार, २०८१ | ०९:३९:०० मा प्रकाशित
सल्यान । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा सात जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।
कपुरकोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्गतर्फ जाँदै गरेको रा १ ख २४०२ नम्बर मिनी ट्रक साेमबार दुर्घटनामा परेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका ट्रक चालक २६ वर्षीय मानबहादुर भण्डारीको पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । भण्डारीको दाङ तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा परेर स्थानीय १४ वर्षीय गोवर्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी र १५ वर्षीया सिर्जना बस्नेतको सोमबार साँझै मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुई जनाको घटनास्थलमै, एक जनाको बाटोमा र चालकको उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परेर १३ वर्षीया खुमा बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जीत सागर बस्नेत, १७ वर्षीय सञ्जीव बस्नेत, २९ वर्षीय शङ्कर खड्का, ३५ वर्षीय देवबहादुर बस्नेत र २२ वर्षीय हिक्मत थापा घाइते भएका छन् । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
ट्रक सडकदेखि एक सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस