गाउँ सहर
बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु
- गाउँ सहर संवाददाता
- २८ असोज सोमबार, २०८१ | १९:०७:०० मा प्रकाशित
कलैया (बारा) । बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।
कोल्हवी नगरपालिका–२ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकरको आज हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए ।
आज बिहान घाँस काट्न गएका ठोकरलाई हात्तीले आक्रमण गरेको थियो । अबेर सम्म घाँस लिएर घर नफर्केपछि परिवारका सदस्य र गाउँले मिलेर जङ्गलमा खोज्न गएका थिए । खोज्ने क्रममा ठोकर मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतक ठोकरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ । केही दिन अगाडि कोल्हवी नगरपालिका–२ मै एउटा हात्ती मृत फेला परेको थियो । रासस
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कति बढ्याे पेट्रोलियम पदार्थको मूल्य ?
- महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ दशैँ
- सबै प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा
- देशकाे आर्थिक तथा वित्तीय स्थिति भन्छ- मुद्रास्फीति ३.८५ प्रतिशत; तर बजार छोइनसक्नु, दैनिकी असहज
- भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब रेमिट्यान्स
- ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता
- आजदेखि सरकारी कार्यालय खुल्ने
- मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने क्रम जारी
- पैसा जाेहाे गर्नुहाेस्, ३५ कम्पनीको २८ अर्बको आइपीओ आउँदैछ
- डारोन एसिमोग्लु, साइमन जोन्सन र जेम्स ए. रोबिन्सनले पाए अर्थशास्त्रतर्फकाे नोबेल पुरस्कार
प्रतिकृया दिनुहोस