गाउँ सहर

डारोन एसिमोग्लु, साइमन जोन्सन र जेम्स ए. रोबिन्सनले पाए अर्थशास्त्रतर्फकाे नोबेल पुरस्कार

काठमाडाैँ । सन् २०२४ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा गरिएको छ । यसपटक अर्थशास्त्रको नोबेल पुरस्कार डारोन एसिमोग्लु, साइमन जोन्सन र जेम्स ए. रोबिन्सनले पाएका छन् ।

यो अवार्ड संस्था कसरी निर्माण हुन्छ र यसले समृद्धिलाई कसरी प्रभाव पार्छ भन्ने अध्ययनका लागि दिइन्छ । अवार्ड घोषणा सोमबार स्टकहोममा गरिएको हो ।

डारोन एसिमोग्लु र साइमन जोन्सन म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा तथा रबिन्सन सिकागो विश्वविद्यालयमा काम गर्छन् ।

अल्फ्रेड नोबेलको सम्झनामा यो पुरस्कार प्रदान गरिन्छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत