अर्थतन्त्र

पैसा जाेहाे गर्नुहाेस्, ३५ कम्पनीको २८ अर्बको आइपीओ आउँदैछ

काठमाडौँ । चाडपर्वमा पैसा धेरै खर्च नगर्नुहाेला किनकी नजिकै ३५ कम्पनीको २८ अर्बको आइपीओ खुल्दैछ ।

नेपाल धितोपत्र बोर्ड (सेवोन) मा ३५ वटा कम्पनीको २७ अर्ब ९३ करोड ४४ लाख ३७ हजार २३३ रुपैयाँ बराबरको १७ करोड ३ लाख ३४ हजार ४७ कित्ता साधारण सेयर (आईपीओ) निष्कासनको पाइलपाइलमा रहेको छ ।

अहिले धितोपत्र बोर्डमा अध्यक्ष नभएका कारण रोकिएको आईपीओ बोर्ड अध्यक्ष नियुक्त भएसँगै निष्कासनको प्रक्रियामा जाने छ ।

आईपीओको पाइपलाइनमा रहेका ३५ अध्ये आधा भन्दा बढी १८ वटा जलविद्युत कम्पनी रहेका छन् । ५ वटा कम्पनीले भने प्रिमियम मूल्यम सेयर निष्कासन गर्ने अनुमति मागेका छन् । पाइपलाइनमा रहेका कम्पनीहरुमा मिडिया, अस्पताल, केवलकार, औषधी उत्पादन गर्ने कम्पनी, होटल, लघुवित्त वित्तीय संस्थालगायत रहेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत