गाउँ सहर

मनाइयाे खड्गजात्रा

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन गरिने खड्गजात्रा असनमा निकालिएको छ । असनका तुलाधर समुदायले कुलपूजा साथै खड्ग जात्राको कार्यक्रम गरी दसैँ मनाएका हुन् । सो समुदायले त्यस आसपास क्षेत्रमा बाजागाजासहित परिक्रमा गरेका थिए ।

काठमाडौँ महानगरपालिका–२७ असनस्थित तुलाधर समुदायले आफ्नो कुल देवताको घरमा भेला भएर एकापसमा दसैँ मनाएका हुन् । सो समुदायले घटस्थापनाका दिन विधिविधानपूर्वक जमरा रोपेर विभिन्न देवी तथा देवताको पूजाआराधना गरेका थिए ।

कुभिन्डोमा दैत्यको चित्र बनाएर प्रतीकात्मक रुपमा त्यसलाई काटेर आसुरी शक्तिको नास गरेर दसैँको टीका लगाउने परम्परा छ । कुभिन्डोमा बालकदेखि परिपक्व मानिसले मार हानेर आसुरी शक्तिमाथि विजयी प्राप्त गरेको सन्देश प्रवाह गरिएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत