वातावरण

काठमाडाैँमा चिसाे बढ्याे

काठमाडाैँ। देशभरबाट मनसुन बाहिरिएसँगै तापक्रम घट्ने क्रम बढेको छ। काठमाडौँ उपत्यकाको आइतबार न्यूनतम तापक्रम १४.७ डिग्री सेल्सियसमा झरेको छ, हिजो शनिबार १६.५ डिग्री सेल्सियस थियो। 

यस्तै शनिबार २८.३ डिग्री सेल्सियस रहेको उपत्यकाको अधिकतम तापक्रम आज २८ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले बताएकाे छ।

समग्रमा अहिले देशभर नै तापक्रम क्रमशः ओरालो लागिरहेको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत