पहाडी क्षेत्रमा वर्षाको सम्भावना
- गाउँ सहर संवाददाता
- २७ असोज आइतबार, २०८१ | ०८:३५:०० मा प्रकाशित
काठमाडौँ । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकाले आज यी स्थानमा बदली र वर्षाको सम्भावना रहेकोे जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले जारी गरेको मौसमी बुलेटिनका अनुसार हाल कोशी, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्कादेखि मध्यम बदली रहनेछ ।
आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कति बढ्याे पेट्रोलियम पदार्थको मूल्य ?
- महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ दशैँ
- सबै प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा
- देशकाे आर्थिक तथा वित्तीय स्थिति भन्छ- मुद्रास्फीति ३.८५ प्रतिशत; तर बजार छोइनसक्नु, दैनिकी असहज
- भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब रेमिट्यान्स
- ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता
- आजदेखि सरकारी कार्यालय खुल्ने
- मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने क्रम जारी
- पैसा जाेहाे गर्नुहाेस्, ३५ कम्पनीको २८ अर्बको आइपीओ आउँदैछ
- बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु
प्रतिकृया दिनुहोस