ग्लोबल आइएमई बैंकले चुक्ता पूँजीको ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने
- गाउँ सहर संवाददाता
- २२ असोज मंगलबार, २०८१ | १४:२२:०० मा प्रकाशित
काठमाडाैँ। ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ काे नाफाबाट शेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले कायम चुक्ता पूँजीको ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी १८औं वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीलाई वितरण गरिनेछ।
यसअघि बैंकले आर्थिक वर्ष २०७९/८० मा ९ प्रतिशत लाभांश दिएकाे थियाे। साे लाभांशभन्दा यस वर्षकाे निकै कम हाे।
बैंकले आर्थिक वर्ष २०७८/७९ मा १३.६ प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा १३.५ प्रतिशत, आर्थिक वर्ष २०७६/७७ मा १६ प्रतिशत, आर्थिक वर्ष २०७५/७६ मा २५.५ प्रतिशत र आर्थिक वर्ष २०७४/७५ मा १६ प्रतिशत लाभांश वितरण गरेको थियो।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिलो संस्करणको एनपिएलको उपाधी जनकपुर बोल्ट्सकाे पाेल्टामा
- एनपीएल फाइनल : सुदूरपश्चिम रोयल्सलाई जित्न जनकपुरले १८५ रन बनाउनुपर्ने
- कार्कीको अध्यक्षतामा पूर्वाधार पत्रकार समाजको नयाँ कार्यसमिति चयन
- एनपीएल उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर खेल्दै
- टीयु क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट निर्माणका लागि बोलपत्र आह्वान
- नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच लगानी विस्तार गर्न समझदारी
- राेमाञ्चक खेलमा कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा
- नेप्से फेरि २६ सय विन्दुमुनि
- कत्राे हाे मनाङ केन्द्रबिन्दु भएर गएकाे भूकम्पको धक्का ?
- फाइनलमा काे पुग्ला, जनकपुर की कर्णाली ?
प्रतिकृया दिनुहोस